पोखरा, २३ असार । ‘बाबा-आमा जाने बेलामा राम्रोसँग पढ्नू, पकाएर खानू, भाइलाई माया गर्नू भन्नुभएको थियो,’ १२ वर्षीय विवश र्घर्तीमगरले भने ।
मुस्ताङ लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा शुक्रबार टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको मृत्यु भए पनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन् । बाबाआमा गुमाएका ती नाबालकलाई भेट्ने र देख्ने जो कोहीलाई यतिखेर निकै चिन्तित बनाएको छ ।
१२ वर्षीय विवश र उनका भाइ ६ वर्षीय विशेषन र्घर्तीमगरलाई बाबुआमा मौसम र जीतमाया र्घर्तीमगरले पोखरा नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको ३ महिनाअघि रोजगारीका लागि मुस्ताङ गएका थिए ।
र्घर्तीमगर दम्पत्ति वैशाखअघि त्यहीँ नजिकैको सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका थिए ।
वर्षात शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अको रोजगारीको खोजीमा र्घर्तीमगर दम्पत्ती वैशाखमा बिरूवा कन्ट्रक्सन प्रालिले जोमसोम-लोमान्थाङ सडक निर्माण मजदुरकारुपमा मुस्ताङ पुगेका हुन्।
कमाएर कोठा भाडा र छोराहरूले खाएको खाद्यान्नको पैसा बुझाउँछौं, छोराहरूलाई सहयोग गरिदिनु होला, तपाइँकै जिम्मामा छोडेर गयौँ भनेको आजै हो जस्तो लाग्दछ, घरभेटी वीरबहादुर गोदारले दुःख व्यक्त गरे ।
बाबु र आमा दुवै अभिभावक गुमाएका नावालकको भविष्यका लागि सरकार लगायत सम्बन्धित निकायबाट उचित व्यवस्था गरिनुपर्ने उनको जोड थियो ।
मैत्री चिल्डे्रेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाइ खाइवरी दिउँसो स्कुल जाने गरेको नयाँ बजारमा नै बस्दै आएकी रोल्पा थवाङकी वीसमाया पुनले बताइन् ।
“बिचरा साना बच्चा छन्, उनीहरूलाई बाबुआमाको मृत्यु भएको खबर दिन पनि सकेका छैनौं,” उनले भने, “बाबुआमाको मृत्युले यिनीहरूको विचल्ली हुने भयो ।
छिमेकीका अनुसार घरपरिवारलाई सुखी र खुसी बनाउने सोचका साथ मंसीरमा दुर्बई गएका मौसम बिरामी भएपछि स्वदेश फर्की सेतीनदीको रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा टार्दै आएका थिए ।
सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि रोजगारको सिलसिलामा मुस्ताङ गएका मौसमलाई गएको ३ महिना नबित्दै नियतीले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमती सहित उनले ज्यान गुमाउन पुगे ।
नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत दुर्घटनास्थल स्याङ्बोचेबाट शनिबार बिहान पोखरा विमानस्थलमा ल्याइएका मौसम दम्पत्तिको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका ५ शव पोखरा पठाइएको हो। दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाडिएको थियो।
रोजगारीका लागि विकट जिल्ला रोल्पाबाट आएर २ छोराको पालनपोषण र शिक्षाका लागि मुस्ताङ पुगेका मौसम दम्पत्तिको बारेमा सरकार लगायत सरोकारवाला निकायले अपरिहार्य सोच्नुपर्ने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१