विद्युतीय तार अण्डरग्राउण्ड गरिने

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
tar

पोखरा, ६ असार । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्ड गरिने भएको छ । वडा ४ ले आफ्नो वडाभित्र रहेका तार अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने योजना प्रश्ताव गरिएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

‘जथाभावी तार टाँग्दा शहर नै कुरुप भैसक्यो । यसलाई व्यवस्थापन गर्ने तयारी हाम्रो वडाले गरेको छ,’ उनले भने, ‘आगामी वर्षका लागि काम गर्न तीन करोड माग गरेका छौं । बजेट आउने वित्तिकै अण्डरग्राउण्डको काम शुरु हुन्छ ।’ पहिलो चरणमा ३ किलोमिटर क्षेत्रभित्रका तारलाई अण्डरग्राउण्ड गर्ने र त्यसपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने बास्तोलाले बताए ।

योजना छनौट भैसकेकोले प्राथमिकताका साथ महानगरबाट कार्यान्वयन हुने गरी अण्डरग्राउण्ड गर्ने बजेट माग गरिएको उनको भनाइ छ । तार व्यवस्थित गर्नका लागि यसअघि नै वडा कार्यालयले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय पनि गरिसकेको छ । पोखरामा विद्युतीय तारकै कारण पटक-पटक मान्छेको ज्यान समेत जाने गरेको छ । पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार विद्युतीय तार अण्डरग्राउण्ड पहिलो कार्यक्रम हुने वडाध्यक्ष बास्तोला बताउँछन् । ‘गफ गरेर स्मार्ट सिटी बन्दैन । त्यसका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसको शुरुवात वडा ४ ले गर्छ । तार लुकाएर स्मार्ट सिटी अभियानको थालनी हुन्छ ।’

विद्युतीय तार अण्डरग्राउण्ड गर्ने विषय धेरै पटक चर्चामा आए पनि अहिलेसम्म कसैले योजना बनाउन सकेका थिएनन् । वडा ४ ले पहिलो पटक महानगरसँग तारलाई भूमिगत गर्नका लागि बजेट माग गरेको हो । प्रतिकिलोमिटर तार भूमिगत गर्न करिब १ करोड हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width