बिनानम्बरका गाडी चलाउँदै महानगर

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
vehicle

हेमजा, २ असार। पोखरा लेखनाथ महानगरपालिकाले बिनानम्बरका गाडी चलाउँदै आएको पाइएको छ। महानगरपालिकाले पुराना तर नम्बर उल्लेख नभएका गाडी सञ्चालन गरिरहेको पाइएको हो।

हेमजामा शनिवार बिहान महानगरपालिकाले फोहर संकलनका लागि नम्बर नै उल्लेख नभएको गाडी पठाएपछि स्थानीय आर्श्चर्यमा परेका छन्।

उनीहरुले कानून कार्यान्वयन गर्ने सरकारी निकाय महानगरपालिकाको यस्तो कार्यप्रति असन्तुष्टि पनि जाहेर गरेका छन्।

सोही गाडीका चालक टंकबहादुर जलारीले आफूले १५ दिनदेखि नम्बर नै उल्लेख नभएको उक्त गाडी चलाइरहेको जानकारी दिए।

जलारी पोखरा लेखनाथ महानगरपालिकाको सहायक स्तर चौथो तहका श्रेणीविहीन कर्मचारी हुन्। पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट गम्भीर गल्ति भएको बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width