मेलानको वाषिर्कोत्सवमा रक्तदान, अधिक रक्तदाता महिला 

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५

पोखरा, २६ जेठ । मेडिकल ल्यावोरेटरी एशोसिएसन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवस अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ ।

मेलान प्रदेश ४ ले महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो ।

रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले मेलानले सामाजिक कार्यबाट मानवीय जीवनमा सन्तुष्टि मिल्ने बताइन् ।

उनले आउँदो दशै तिहारसम्ममा प्रदेश ४ लाई फूलमा आत्मनिर्भर बनाउने र  कृषकलाई उत्साहित बनाउने उल्लेख गरिन् । उनले मेलानका समस्या समाधान गर्न सहयोग गर्ने बताइन् ।

कार्यक्रममा मेलानका केन्द्रीय सल्लाहकार राजेन्द्र रानाभाट, केन्द्रीय सदस्य रवीन्द्र बस्ताकोटी, औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर केसी, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ का सभापति सूर्य आचार्य, मार्गदर्शन एकेडेमीका सञ्चालक पुरन श्रेष्ठ, रिजनल कलेज अफ हेल्थ साइन्स टोक्नोलोजीका निर्देशक चन्द्रकान्त पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ कास्कीका अध्यक्ष वसन्तराज भट्टर्राई र रक्तदाता दीपेन्द्रमान शाक्यले बोलेका थिए । कार्यक्रमलाई मार्गदर्शन एकेडेमीले सहयोग पुर्‍याएको थियो ।

मेलान प्रदेश ४ अध्यक्ष सूर्य पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक अर्जुन ज्ञवालीले स्वागत र सचिव नारायणबाबु अर्यालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width