प्रदेशमा प्रज्ञा प्रतिष्ठानको माग

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५
pragya

पोखरा, २३ जेठ। प्रदेश ४ मा साहित्य, संगीत तथा नाट्य र ललितकलास“ग सम्बन्धित प्रज्ञा प्रतिष्ठान स्थापनाको माग गर्दै प्रदेशका मन्त्रीसमक्ष मागपत्र पेस बुझाइएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ प्रदेश ४ संयोजक मनकुमार श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान गठन पहल समितिका संयोजक पद्मराज ढकालको नेतृत्वमा गएको टोलीले मागपत्र बुझाएको हो।

सो क्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेशमा छिट्टै प्रज्ञा प्रतिष्ठान स्थापन हुने आश्वासन दिए ।

मागपत्र पेश गर्दा वाषिर्क अनुमानित खर्च २ करोड ११ लाख रुपैयाँ बराबरको विवरण पनि संलग्न गरिएको छ।  स्रष्टाले केन्द्रमा जस्तै प्रदेशमा पनि तीनवटै प्रज्ञा प्रतिष्ठान स्थापना हुनुपर्ने माग राखे पनि हाल सबै पक्षलाई समेटेर एक प्रज्ञा प्रतिष्ठानको स्थापना गरिने बताइएको छ ।

यस्तै, नीति-नियम बनाएर छिट्टै यस कार्यको थालनी गर्ने सोच प्रदेश सरकारको कार्य योजनामा रहेको सो अवसरमा जानकारी दिइयो ।

मागपत्र बुझाउन जाने टोलीमा साहित्यकार नारायण परिश्रमी, लोक तथा दोहोरी गायक प्रजापति पराजुली, नृत्य निर्देशक मेनकाजी गुरुङ, कलाकार बुद्धी गुरुङ, संगीतकार नवराज बराल, लोक तथा दोहोरी गायक जीवन दाहाल, साहित्यकार लक्ष्मण गौतम ‘हिमाली’, गायक खिम गुरुङ प्हाय“ आली, कलाकार विवेक त्रिपाठी लगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width