पत्रकारलाई प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७५

हेमजा, २२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारका लागि दुर्इदिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम मंगलवारदेखि शुरु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा भएको तालिम उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले पत्रकारिता क्षेत्र व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले कास्कीमा क्रियाशील पत्रकारको क्षमता तथा दक्षता वृद्घकिा लागि महानगर सहयोग गर्न तयार रहेको बताए । उनले पोखराका पत्रकार देशभरमै अब्वल बनेर निस्कनुपर्नेमा जोड पनि दिए ।पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघले यस वर्षलाई तालिम वर्ष बनाउन लागेको जानकारी दिँदै पोखरा लेखनाथ महानगरपालिकालाई मिडियामैत्री बनाउन पहल भइरहेको बताए ।

तालिमको पहिलो दिन पहार ट्रस नेपालका प्रमुख कार्यकारी अधिकृत छवि गौडेलले प्रस्तावना लेखनबारे सहजीकरण गरेका थिए । सहभागी पत्रकारले व्यक्तिगत रुपमा र विभिन्न तीन समूहमा प्रस्तावनाको नमूना तयार परेका थिए ।

महासंघ कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रम महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width