वीरेठाँटी-मुक्तिनाथ केवलकार ?

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७५
cable

पोखरा, १५ जेठ। कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार चलाउने प्रस्ताव अघि सारिएको छ।

मुक्तिनाथ दर्शन प्रालिले वीरेठाँटीबाट मुक्तिनाथसम्मको करिब ८४ किलोमिटर लामो केवलकार सञ्चालनको प्रस्ताव लगानी बोर्डमा पेश गरेको हो। जसका लागि सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन बनाउने काम हुँदैछ।

१८ महिनाभित्रै डिपिआर र वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माणको काम थालिने निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले जानकारी दिए। ‘डिपिआर सकेपछि सरकारसँग पिडिए गरेर वित्तीय व्यवस्थापन गछौर्ं। २ वर्षभित्र प्रारम्भिक काम सक्ने योजना छ,’ उनले भने, ‘त्यसपछि ३ वर्षमा निर्माण सक्ने योजना हो। कुनै अवरोध नभए तोकिएकै समयमा काम सक्ने लक्ष्य छ।’ उनका अनुसार करिब ३४ अर्ब रुपैयाँ लागतमा केवलकार निर्माण हुन लागेको हो। ८५ प्रतिशत ऋण र १५ प्रतिशत प्रवर्तकबाट जुटाउने सापकोटाको भनाइ छ। ‘प्रस्तावित लागत १ वर्षअघिको हो। कुल लागतको २८ अर्ब ९० करोड लगानी वैदेशिक ऋणबाट जुटाइने छ,’ उनले थपे, ‘बाँकी ५ अर्ब १० करोड बराबरको रकममध्ये २ अर्ब ८० करोड लगानी प्रवर्तकको हुनेछ भने २ अर्ब २९ करोड सर्वसाधारणका लागि सेयर खुला गरिनेछ।’ बाहृय लगानीकर्ताका बारेमा भने उनले खुलाउन चाहेनन्।

छ खण्डमा विभाजन गरेर यसको निर्माण गर्ने कम्पनीको योजना छ। १३ किलोमिटर लामो वीरेठाँटी-घोरेपानी खण्ड हुनेछ भने घोरेपानीदेखि तातोपानीसम्मको लम्बाइ १३ किलोमिटर लामो छ। त्यसपछि लेतेसम्म १६ किलोमिटर तथा लेतेदेखि जोमसोमसम्म २४ किलोमिटर लामो यात्राको परिकल्पना गरिएको छ। यस्तै जोमसोमदेखि कागवेनीसम्म ८ किलोमिटर र कागवेनीबाट मुक्तिनाथसम्म ९ किलोमिटर दुरीको खण्ड तय गरिएको छ। मार्फा केवलकारको ट्रान्जिटको रुपमा प्रस्तावित छ। केवलकार यात्रा २ घण्टा १० मिनेटको हुन सक्ने प्रस्तावकको अनुमान छ। यद्यपि यसको गतिमा भर पर्ने र मार्फाको ट्रान्जिट सहित गर्दा ३ घण्टामा यात्रा पूरा हुने बताइएको छ। ‘एकैपटक मुक्तिनाथसम्म पुग्दा स्वास्थ्यमा समस्या देखिन सक्छ। त्यसैले हरेक स्टेसनमा यात्रुलाई ओरालेर अको डिब्बाबाट लैजाने हो,’ कम्पनीले भन्यो, ‘यसले मुक्तिनाथभन्दा नजिकका यात्रु पनि चढ्न पाउँछन् र मुक्तिनाथ पुग्ने यात्रुलाई पनि फाइदा हुन्छ।’ सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार केवलकार निर्माण भएपछि वर्षमा ३६ लाखभन्दा बढी पर्यटक मुक्तिनाथ पुर्‍याउने प्रस्तावकको आँकडा छ। कम्पनीलाई लगानी बोर्डको ३० औं बैठकले विस्तृत अध्ययनको लागि स्वीकृति दिइसकेको छ भने केही दिनभित्रै अध्ययन सम्झौता पनि गरिने जनाएको छ। प्रस्तावित अध्ययनको लागि बोर्डले बैंक ग्यारेण्टी राखेको र समयमा काम नभए जफत गर्ने कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए। ‘यस वर्षदेखि हामीले सबै आयोजनामा बैंक ग्यारेण्टी अनिवार्य गरेका छौं। यो प्रोजेक्टमा पनि अध्ययनको लागि मात्रै ४ करोड रुपैयाँ बैंक ग्यारेण्टी राखिसकेका छौं,’ उनले भने, ‘अठार महिनाभित्र अध्ययन सक्नुभएन भने धरौटी रकम जफत हुन्छ। सम्झौता अनुसार समयभित्रै काम सक्नुपर्ने व्यवस्था अब लागू भयो।’ व्यवसायीले नै प्रस्ताव पेश गरेका कारण सम्बन्धित निकायमा थप अध्ययन गरी आवश्यक संशोधन गर्न १५ दिनको समय दिइएको अधिकारी बताउँछन्। ‘वहाँहरुले नै प्रस्ताव गर्नुभएको हो। हामीले त्यसलाई केलायौं र अहिले थप संशोधनका लागि सम्बन्धित पक्षलाई पठाएका छौं,’ उनी भन्छन्, ‘सबैले अध्ययन गर्नुहुन्छ। प्राप्त सुझाव संशोधन गरी सम्झौताको चरणमा लैजान्छौं।’ हाल ३ जना नेपाली लगानीकर्ताले मात्रै प्रस्ताव पेश गरेको र वैदेशिक लगानी आउने आश्वासन दिएको उनको भनाइ छ।

वीरेठाँटीदेखि मुक्तिनाथसम्म यात्रा गर्दा नेपाली यात्रुले प्रतिव्यक्ति ६ हजार रुपैयाँ तिर्नुपर्छ भने विदेशी पर्यटकका लागि फरक भाडादर छ। विदेशी पर्यटकमध्ये पनि भारतीय र तेश्रो मुलुकका पर्यटकले फरक रकम तिर्नुपर्छ। भारतीय पर्यटकले ६ हजार भारतीय रुपैयाँ र अरु देशका नागरिकले १ सय अमेरिकी डलर भाडादर कायम हुने प्रवर्तक कम्पनीका अधिकृत श्रीधर सापकोटा बताउँछन्।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width