होला त ढुंगेलको कैद मिनाहा ?

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७५

पोखरा, १४ जेठ । सवोर्च्च अदालतले ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहासम्बन्धी सरकारी निर्णयको सक्कल फाइल माग गरेको छ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए। उनले ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश माग गरेका थिए । सोमबार न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहासम्बन्धी निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो । सरकारी वकिलले ढुंगेलको कैद मिनाहाको सिफारिस गृह मन्त्रालयसम्म पुगेको जानकारी पाएको बताउँदै के आधारमा माफी दिएको हो आफूले पत्र हेर्न नपाएको बताएका थिए ।

त्यसपछि न्यायाधीश मीना खड्काले के आधारमा मिनाहा गर्न लागेको भनी प्रश्न गरिन् । वकिलले त्यसबारेमा आफूलाई थाहा नभएको बताएपछि सक्कल फाइल मगाउन आदेश भएको हो ।

सवोर्च्चले यससम्बन्धी बहस समय अभावका कारण नसकिएको भन्दै मंगलबार पनि बहस जारी रहने बताएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width