शिवशक्ति महिला उत्थानमा तालिम

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
shiva shakti news

पोखरा, १३ जेठ ।पोखरा लेखनाथ-११ फूलवारीस्थित शिवशक्ति महिला उत्थान समूहको आयोजनामा दुर्इदिने नेतृत्व विकास तथा उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ। तालिमम ३० जना महिलाको सहभागिता थियो।

सामाजिक अभियन्ता सुष्मा पौडेलले तालिमको सहजीकरण गरेकी थिइन्। प्रशिक्षक पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न र  सुविधा र अधिकारले मात्र नपुग्ने भन्दै महिलाका लागि क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरिन्।

संस्थापक अध्यक्ष तथा सल्लाहकार उमादेवी श्रेष्ठले दिदी बहिनीहरु चुलोचौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा अगाडि बढ्न अनुरोध गरिन्। सोही कार्यक्रममा कार्यक्रम संयोजक सुनिता गुरुङ, राधा गुरुङ, कल्पना के.सी., पवित्रा लामिछाने, कल्पना अधिकारी, गोमा जोशी, मीनु श्रेष्ठ, देवी गुरुङ, सुशीला जोजिजू   लगायतले बोलेका थिए।

संस्थाका अध्यक्ष विष्णुमाया थापा जाजिजूको अध्यक्षतामा भएको कार्यक्रममा  संस्थाकी उपाध्यक्ष राधा गुरुङले स्व्ाागत र सचिव गोमा अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width