नागरिक समाजको माग मन्त्रीसमक्ष ‘अस्पताल सेवा सुचारु गर’

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५
nardevi pun

????????????????????????????????????

पोखरा, १० जेठ । मणिपाल शिक्षण अस्पतालमा जारी आन्दोलन रोक्न प्रभावकारी कदम चाल्दै सेवा सुचारु गर्न पोखराका मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले माग गरेका छन् ।

उनीहरुले बिहीवार सामाजिक विकास मन्त्री नरदेवी पुनलाई भेटी यसतर्फ पहल गर्न पत्र मार्फत अनुरोध गरेका हुन् । मन्त्री पुनले मानिसको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय बेवास्ता गर्न नमिल्ने बताउँदै जतिसक्दो चाँडो समाधान गन्तर्फ आफू लागिपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक पोखरा कार्यालय, शान्तिका लागि नागरिक समाज, मानवअधिकार संरक्षण मञ्च कास्की, गैरसरकारी संस्था महासंघ, महिला मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकार पत्रकार मञ्च लगायत सम्मिलित टोलीले स्वास्थ्य सेवा जस्तो अत्यावश्यक स्थानमा यो वा त्यो कुनै पनि बहानामा बन्द गर्न नहुने भन्दै वार्ताको माध्ययमबाट जति सक्दो चाँडो समस्या समाधान खोज्न माग गरे । मंगलबारदेखि मनिपाल कर्मचारी समन्वय समिति, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मनिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अस्पतालको सेवा ठप्प पारेका हुन् ।

अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल प्रशासनले पत्र काटी सेवाबाट हटाइएको जानकारी दिएपछि कर्मचारीरुले अस्पताल प्रशासनसँग निर्ःशर्त कर्मचारी रिहाइ र विगतमा भएका सम्झौता कार्यान्वयन माग गर्दै आन्दोलन थालेका हुन् । अस्पतालमा कर्मचारी युनियनको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width