कुँवरको सम्झना

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७५

हेमजा, ९ वैशाख ।नेपाली काँग्रेस पोखरा २५ को आयोजनामा हेमजा, कुँवरथर निवासी स्वः टेकबहादुर कुँवरको १३ औं दिनको पुण्यतिथीमा आइतवार शोकसभा गरिएको छ । नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सदस्य रहेका कुँवरको सम्झनामा पार्टीले शोकसभा गरेको हो । कार्यक्रममा बोल्दै काँग्रेस नेता शुक्रराज शर्माले कुँवर सामाजिक व्यक्ति भएको स्मरण गर्दै कुँवरको निधनले पार्टीतथा समाजलाई अपुरणीय क्षेति पुगेको टिप्पणी गरे । नेपाली काँग्रेस जिल्ला सभापति कृष्ण केसीले कुँवर सिद्घान्तवादी नेता नभई व्यवहारवादी नेता भएको औँल्याए ।

सो अवसरमा पुर्व सांसद शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा, पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, साविक हेमजा गाविसका पुर्व अध्यक्ष रामचन्द्र त्रिपाठी, हेमजाका पुर्व सभापति माधवशरण बास्तोला लगायतले कुँवरको व्यक्तिगत एवम् सामाजिक जीवनको प्रशम्सा गरेका थिए ।

कुँवरको ८१ वर्षको उमेरमा निधन भएको थियो । उनले आफ्नो जीवनकालमा हेमजाका विभिन्न संघसंस्थामा पनि सेवा गरेका थिए । वडा संयोजक दानबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन वडा सचिव मोतिराज तिम्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width