लेकसाइड डोजाङगद्वारा ज्याकेट सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५
life jacket

पोखरा, ४ वैशाख । लेकसाइड डोजा·ले तालबाराही मन्दिरका पुजारीलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ।

मंगलबार डोजा· प्रमुख प्रितम कुँवरले मन्दिरका पुजारी नारायणप्रसाद अधिकारीलाई पाँच थान लाइफ ज्याकेट हस्तान्तरण गरे। त्यस्तै कुँवरले मन्दिरका लागि १ हजार रुपैयाँ भेटी सहयोग प्रदान गरे।

पुजारी अधिकारीले लाइफ ज्याकेट सहयोग गरेकोमा डोजा· परिवारलाई धन्यवाद ज्ञापन गरे। यसअघि आफूहरुसँग लाइफ ज्याकेट नभएका कारण कहिलेकाँही बिना लाइफ ज्याकेट ताल वारपार गर्न बाध्य भएको उनले सुनाए ।

कार्यक्रममा नेपाली काँग्रेस वडा ६ इकाइ सभापति बलराम गिरी, बाराही डुंगाघाटका संयोजक बत्त्रि्रसाद गुरु·, फेवा डुंगा व्यवसाय संघका सदस्य तारा विक लगायतले डोजा·ले खेलकुदसँगै विविध सामाजिक कार्यमा पनि उल्लेख्य योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width