पोखरा, २६ चैत । जिल्ला मालपोत कार्यालय कास्कीका बिलौलिया पक्राउ परेका छन् ।
सेवाग्राहीलाई भ्रममा पारी मोलमलैया गरी दलाली र बिलौलियाले दुःख हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा २१, कृस्तीका २८ वर्षे शिव गुरुङ, पोखरा १ बगरका का ४५ वर्षे देवेन्द्र तझ्या, स्याङ्जा पुतलीबजार घर भै हाल पोखरा १७ बस्ने ४४ वर्षीया सहदेव सुवेदी, पोखरा ३१ बेगनासतालका २४ वर्षे मनोज तिवारी, तनहुँ भानु घर भै हाल पोखरा ५ बस्ने वर्ष २६ का विश्रतु ढकाल र पोखरा ६ बैदाम बस्ने वर्ष २२ की विष्णु कँडेल छन् ।
उनीहरुलाई सेवाग्राहीलाई भ्रममा पारी दुख हैरानी दिइरहेको अवस्थामा नगद र कामकाज गर्दै गरेका कागजपत्र सहित फेला पारेको प्रहरीले जनाएको छ । म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१