लायन्स सेभेन लेक सिटीमा नयाँ समिति

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
lions photo

पोखरा, २४ चैत। लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीको तेस्रो अधिवेशनले आगामी वर्ष २०१८/२०१९ का लागि गणेशप्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा हरि बस्ताकोटी, द्वितीय उपाध्यक्षमा सूर्यप्रकाश ढुंगाना, तृतीय उपाध्यक्षमा घनश्याम ढुंगाना, सचिवमा मनोज लामिछाने, सहसचिवमा मीनबहादुर गुरुङ, कोषाध्यक्षमा आनन्द बजगाई, सहकोषाध्यक्षमा गोविन्द लामिछाने छन्।

त्यस्तै रिपोर्टिङ अफिसरमा मनोज गुरुङ, मेम्बरसीप चेयरपर्सनमा तोयनाथ अधिकारी, टेमरमा पूजन राइभाट, टेलट्वीस्टरमा विनोद परियार, पिआरओमा मिलन घिमिरे, एलसिआइएफमा दुर्गामान श्रेष्ठ, माकेटिङ चेयरपर्सनमा डम्बरप्रसाद पौडेल, सर्भिस चेयरपर्सनमा बद्रीनाथ भण्डारी, स्वास्थ्य शिविर डाइरेक्टरमा दीपक अधिकारी छन्।

अन्य डाइरेक्टरमा रामबहादुर केसी, कल्याण अधिकारी, विश्व गुरुङ, इच्छामान गुरुङ, नीरञ्जन बराल, डाविश्व त्रिपाठी, रामचन्द अधिकारी, कृष्ण गौतम, सन्तोष घिमिरे, रमेश पौडेल, सरोज कोइराला, रेशम कार्की र सिजन गहतराज छन्।

क्लबका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिएमटी को-अर्डिनेटर सुदीपराज ढुंगाना प्रमुख अतिथि थिए।

त्यस अवसरमा रिजन चेयरपर्सन शैलेन्द्रमोहन भट्टराई, क्वालिटी म्यानेज्मेन्ट को-चेयरपर्सन मधुसुदन कोइराला, जोन चेयरपर्सन अशोकप्रसाद बरालले बोलेका थिए।

कार्यक्रम क्लबका सचिव सूर्यप्रकाश ढुंगानाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width