हेमजा, २२ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव-२०७४ शुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाऔ, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ मूलनाराका साथ स्थानीय विष्णुुपादुका क्लब तथा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाइको आयोजनामा शुरु महोत्सव चैत ३० सम्म चल्नेछ।
महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए। गुरुङले उत्पादन बढेमात्रै नेपाली आत्मनिर्भर बन्ने स्पष्ट पार्दै हेमजा क्षेत्रमा आलुको उत्पादन समेत बढाउन सुझाव दिए।
उनले प्रदेश ४ मा आगामी ५ वर्षभित्र करिब ३ सय गाउँमा होमस्टे सञ्चालन तयारी गरिएको र सन् २०२२ लाई यस प्रदेशको पर्यटक वर्षको रुपमा मनाउने तयारी भइरहेको जनाए।
सांसद रामजी बरालले महोत्सव हरेक कोणबाट अर्थपूर्ण रहेको दावी गर्दै हेमजामा आलु उत्पादन हुने क्षेत्र विभिन्न बहानामा खण्डीकरण हुँदै जानु दुःखद भएको औँल्याए।
सो अवसरमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, नेपाल बैक लिमिटेड बगर शाखाका प्रबन्धक दिलीप थापा, महिला नगर समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङले लगायतले धारणा राखेका थिए।
महोत्सव अघि मिलनचोकदेखि झाँकी सहितको र्याली निकलिएको थियो। त्यस्तै विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरियो।
सम्मानित हुनेमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ सुपरजोन तरकारी कास्कीका विज्ञ वीरेन्द्रबहादुर हमाल र वेनीबहादुर बस्नेत, महोत्सवका संस्थापक संयोजक धर्मराज बास्तोला, स्थानीय किसान जयराम तिमिल्सिना, आलु कृषक काठमाडौंका सन्तलाल श्रेष्ठ तथा स्थानीय कृषक घनश्याम तिमिल्सिना छन्। हेमजामा नहर ल्याउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै ले. लालबहादुर थापालाई मरणोपरान्त सम्मान गरियो।
पहिलो दिन लोकदोहोरी कलाकार प्रजापति पराजुली, जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, प्रेमराज अधिकारी, शान्ति डोटेल, सरिता थापा र परशुराम अधिकारीको प्रस्तुति राखेका छन्। महोत्सवमा आलुको मूल्य प्रतिकेजी ३३ रुपैयाँ तोकिएको छ।
दैनिक टिकट काटी महोत्सव प्रवेश गर्ने दर्शकमध्ये १ जनालाई गोलाप्रथाद्वारा २५ केजी आलु उपहार प्रदान गरिने जनाइएको छ।क्लब अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१