पोखरा, १४ चैत । सच्चाइको सत्संग कास्की पोखरा वडा १९, लामाचौरको सम्पूर्ण सत्संग परिवारले सराङ्कोटको ग्यारजाति-१८ मा रहेको बालसुधार गृहलाई सहयोग गरेको छ।
संस्थाले बालगृहमा रहेका ५६ जना बालकलाई ट्रयाकसुट वितरण गर्नुका साथै उनीहरुलाई खाना समेत बनाएर खुवाएको थियो।
कार्यक्रमा बोल्दै सच्चाईको सत्संग लामाचौरका प्रमुख सञ्जय पाख्रिनले अन्य समयमा पनि बालगृहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सच्चाइको सत्संग लामाचौरकी अध्यक्ष ज्ञानु पाख्रिनले अबका दिनमा पनि आफूहरुले यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताइन् ।
सो क्रममा बालगृहका इञ्चार्ज रमाले सच्चाइको सत्संगको कार्यको प्रसंसा गर्दै अन्य दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।
कार्यक्रममा बालगृहका बालक तथा अन्य गरी १ सय १५ जनाको सहभागिता रहेको सच्चाइको सत्संग लामाचौर सचिव सृजना कार्कीले जनाइन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१