काठमाडौं ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपियन यूनियनका नाममा नेपालको सामाजिक प्रबन्ध, संवैधानिक व्यवस्था र आन्दोलनका उपलब्धिलाई कम नआक्न चेतावनी दिएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पर्यवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यूरोपियन यूनियनलाई आफ्नो निर्वाचनसम्बन्धी प्रतिवेदन सच्याउन पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले इयुले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गर्दै भने ‘इयुका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन् जिद्धी गरे जस्तो छ, म फेरि आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्विचार गर्नुहोस् ।’
प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही र्ँधर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए ।
नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले शंका नगर्न प्रधानमन्त्री ओलीले सम्झाए । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ प्रधानमन्त्री ओलीले भने ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १/२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्छन् ?’ उनले नेपाली जनताले सचेततापूर्ण र बलिदानीपूर्ण योगदानका कारण मुलुकमा अहिलेको अवस्था आउन सफल भएको बताए।
प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे । ‘नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखाउँदै मतदान गरे’ प्रधानमन्त्री ओलीले भने ‘केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आमजनताले लोकतन्त्रप्रति गरेको सम्मान हो ।’
निर्वाचन आयोगलाई सशक्तिकरण गर्न आवश्यक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोगको विश्वाशनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम गर्यो’ प्रधानमन्त्री ओलीले भने ‘यस्ता काम भविष्यमा दोहोरिनु हुँदैन ।’
प्रधानमन्त्री ओलीले निर्वाचन सुनिश्चित गर्न राष्ट्रपति कार्यालय र अदालतले खेलेको भूमिकाको सराह्राना गर्दै धन्यवाद दिए । तर निर्वाचन आयोगको भने आलोचना गरे ।
अघिल्लो सरकारले निर्वाचन नगराउन चाहेको भए पनि अदालतले त्यसलाई साथ नदिएको भन्दै उनले धन्यवाद दिए । उनले भने, ‘राष्ट्रपतिले पनि चुनाव नगर्दा नराम्रो परिस्थिति आउँछ भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले निर्वाचनको समयमा निर्वाचन आयोग भने पूर्वाग्रही देखिएको भन्दै आफूले नेपाली काँग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो भन्दा किन कारबाही नगर्ने भनी आयोगले पत्र पठाएको स्मरण गरे । उनले प्रश्न गरे ‘एमाले काँग्रेसलाई हराउन र काँग्रेस एमालेलाई हराउन प्रतिस्पर्धामा छन् भने त्यसमा कहाँ आचारसंहिता उलंघन भयो ?’
निर्वाचनको समयमा सरकारले पटक पटक सरकार विस्तार गर्दा पनि आयोग मूकदर्शक बनेको प्रधानमन्त्री ओलीले आरोप लगाए । चुनावका लागि उम्मेदवार तय गरिसक्दा पनि नगरपालिका र गाउँपालिका थप गरिरहँदा पनि आयोग चुप बसेको ओलीले गुनासो गरे । ‘एउटा संवैधानिक संस्था सुध्रियोस् भनेर मैले यति भनेको हुँ, कसैको आलोचना गरेको होइन’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन हुने/नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए। नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले निर्वाचनमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए तापनि पैसा लिएर मत माग्ने काम भएको विचार व्यक्त गरे।
संकल्पका महासचिव शोभा बस्नेतले अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीमैत्री खालको मतदानस्थल नभएको जनाउँदै आगामी दिनमा त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिइन्।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१