सय केजीको डेढ लाखको केक

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४
cake

पोखरा, २६ फागुन। पोखरामा १ सय केजीको केक बनाइएको छ। पोखराको काठमाडौं फ्रेस बेकरी उद्योगका सञ्चालक रोशन महर्जनले उक्त केक बनाएका हुन्।

पोखरामा शनिबार भएको लायन्स शत्वाषिर्की समारोह तथा नागरिक अभिनन्दन समारोहका लागि केक बनाइएको हो।

उद्योग सञ्चालक महर्जन लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष समेत हुन्। सो समारोहका लागि उनले सो केक सौजन्य गरेका थिए।

केकको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ पर्ने बताइएको छ। ३४ घण्टा समय लगाएर केक बनाइएको हो।

चकलेट, क्रिम, वटर, सुगर, मैदा र अण्डा लगायत सामग्री प्रयोग गरी केक बनाइएको महर्जनको भनाइ छ।  केकको लम्बाइ आठ फिट, चौडाइ चार फिट र उचाइ १० इञ्च छ।

शत्वाषिर्की समारोह तथा नागरिक अभिनन्दन समारोहमा सो केक सबैका लागि आकर्षण बन्यो। उपराष्ट्रपति नन्दकिशोर पुनले सोही केक काटेर समारोह उद्घाटन गरेका थिए।

केकसँग फोटो खिच्न सैयौँको संख्यामा भिड लागेको थियो। समारोहका सहभागीलाई ६ जनाले २ घण्टा समय लगाएर केक काटी वितरण गरेका थिए। केक ८ जनाले बोकेर समारोहस्थल पुर्‍याएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width