पोखरा, २२ फागुन । नेपालमै पहिलो पटक पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने भएको छ।
नेपाल कुस्ती संघले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी आउँदो बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको हो ।
प्रतियोगिताको मुख्य उद्देश्य कुस्ती खेललाई संस्कारका रुपमा विकास गर्नु र व्यवसायिकतातर्फ उन्मुख गराउनु रहेको छ।
प्रतियोगितामा विभागीय टिम, विभिन्न २० जिल्लाका ७० जना खेलाडी र ३० जना प्रशिक्षक एवं अफिसियल र १५ जना निर्णायकको सहभागिता रहने छ। विभिन्न आठ तौल समूहमा खेलाइने यो प्रतियोगितामा आठ स्वर्ण आठ रजत र १६ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ। खेलमा ४८ देखि ७५ किलो ग्राम तौल समूहका १८ वर्ष माथिका महिलाले प्रतिष्पर्धा गर्नेछन् । विजेतालाई टप|mी, मेडल र मायाको चिनो प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । खर्चको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्, नेपाल कुस्ती संघ र सहयोगी निकायबाट गरिने जनाइएको छ।
‘संघले नेपालमै पहिलो पटक यो प्रतियोगिता गर्न लागेको हो । २०५५ सालदेखि महिला कुस्ती प्रदर्शनमा मात्र सीमित थियो तर यसपटक प्रतियोगिता गर्दैछौ’, संघका महासचिव विद्यासागर पोखरेलले भने-‘यो प्रतियोगिता चुनौती र अवसर हो ।’
कुस्ती खेल तराईका जिल्लाका लोकप्रिय रहे पनि हिमाली र पहाडी जिल्लामा खासै खेल्ने गरिएको छैन। पोखरामा आयोजना गर्न लागिएको यो प्रतियोगिताले हिमाली र पहाडी जिल्लाका कुस्तीका खेलाडी उत्पादन गर्न टेवा पुर्याउने आयोजकको अपेक्षा छ। नेपालको बारा, पर्सा सिराहा, धनगढी र नवलपरासीमा कुस्ती खेल बढी लोकप्रिय छ।
नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कास्की जिल्ला कुस्ती संघका अध्यक्ष ओम बस्नेतले स्वागत र केन्द्रीय सदस्य सुजन खतिवडाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१