हस्पिटालिटी नेपाल कन्टेष्ट उपाधि पौडेललाई

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४
hospitality winner

पोखरा, २२ फागुन । हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन-२ को उपाधि कविता पौडेलले जितेकी छन् ।

यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा भएको उक्त प्रतियोगितामा पोखरा बिरौटा निवासी पौडेलले उपाधिसहित २५ हजार रुपैयाँ र दुर्वई भ्रमणको अवसर पाएकी छन् । २५ प्रतिष्पर्धीलाई पछि पारेकी उनी नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीएचएम दोश्रो वर्षकी छात्रा हुन् ।

हस्पिटालिटी क्षेत्रमा सेवारत युवायुवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वषीय विश्वदीप थापाले मोस्ट ट्यालेण्टेड उपाधि सहित फर्स्र्ट रनरअप बने । उनी पोखरा लिंकन कलेजका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन् ।

त्यस्तै, बुटवलकी १९ वर्षे रुवि रानामगर सेकेण्ड रनरअप हुँदा पोखराका २० वषीय उज्वल बहादुर कार्की थर्ड रनरअप भए ।

न्यू ग्यालेक्सी स्कुलका नुर पुन भियुअसर् च्वाईस र पोखरा लिंकन कलेजका उज्ज्वलकुमार श्रेष्ठ पब्लिक च्वाईस बने । उपविजेताले सिक्किम भ्रमणका साथै विभिन्न अवसर प्राप्त गर्ने आयोजक एपी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width