पोखरा, ९ फागुन । उच्च माध्यमिक विद्यालय एशोसिएसन कास्कीले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्र्डिङ स्कूल उत्कृष्ट भएको छ।
प्रतियोगितामा भाष्कर मेमोरियल स्कूल द्वितीय, पोखरा लिङ्कन कलेज तृतीय, ग्लोबल कलिजियट र पोखरा युनाइटेड स्कूल सान्त्वना भए । उत्कृष्ट भेषभूषातर्फ मदरल्याण्ड स्कूल विजयी भएको कार्यक्रम संयोजक दिवाकर जैसीले जानकारी दिए।
प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठ, हिसान कास्कीका अध्यक्ष रामजी शर्माले विजयीलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरे ।
कार्यक्रममा बोल्दै प्राज्ञ तीर्थ श्रेष्ठले लोक संस्कृति नेपालको विशिष्ट संस्कृति भएको बताए ।
हिसान कास्कीका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष याम रोका र सचिव दिवाकर जैसीले गरेका थिए । सांस्कृतिक कार्यक्रम सञ्चालन प्रेमराज अधिकारी र स्वस्तिका मनले गरेका थिए ।गायक कर्मा ग्याल्जेन सहित स्थानीय कलाकारले उक्त अवसरमा प्रस्तुति राखेको हिसानका सहसचिव नारायण शर्मा चापागाइले जानकारी दिए।
२६ विद्यालयले सहभागिता जनाएको अडिसनमा १२ विद्यालयमात्रै अन्तिम चरणमा पुगेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१