तरेलीको वाषिर्कोत्सव बृद्धाश्रममा

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४

पोखरा, ८ फागुन।  पोखरा लेखनाथ महानगरपालिका वडा नं १० अमरसिंह कामना टोलस्थित तरेली साँस्कृतिक परिवारले १६ औं वाषिर्कोत्सव पोखरा बृद्वाश्रममा मनाएको छ । परिवारले वाषिर्कोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा सोमवार पोखरा १७ पोखरा बृद्वाश्रममा विविध साँस्कृतिक कार्यक्रम सहित एक छाक भोजन दान गरेको छ। साँस्कृतिक कार्यक्रमबाट बृद्वबृद्वाले मनोरञ्जन लिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि परिवारका सल्लाहकार, कवि, साहित्यकार पदमराज ढकालले तरेली साँस्कृतिक परिवारले अत्यन्तै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे।  जेष्ठ नागरिकहरुको आश्रममा पुगेर साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै भोजन दान गर्नु अत्यन्त पुण्यकर्म भएको उनको भनाइ थियो।

परिवारका सल्लाहकार, बरिष्ठ नृत्य निर्देशक गोरे गुरुङले तरेलीले अनुकरणीय कार्य गरेकोमा खुशी व्यक्त गरे।

पोखरा बृद्वाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले मनकारीहरुको साथ र सहयोगले बृद्वश्रमले बृद्वबृद्वाहरुको सेवा गर्ने अवसर पाएको उल्लेख गरे।

तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव घनश्याम पुनले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width