विकास शिल्डको पुरस्कार राशी ५ लाख

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४

चितवन, ५ फागुन । पाँच लाख पुरस्कार राशीको विकास शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ८ देखि १९ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने भएको छ ।

विकास शिल्ड समिति चितवनले नारायणगढमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पियाले प्रतियोगिता अघिल्लो वर्ष तीन लाख पुरस्कार राशी राखिएकोमा यस वर्ष बढाइएको बताए ।

उनका अनुसार पहिलो हुनेलाई ५ लाख पुरस्कारको व्यवस्था गरिएको छ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी, उत्कृष्ट खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १० हजार, फेयर प्ले (टिमलाई) २५ हजार पुरस्कारको व्यवस्था गरिएको पियाले बताए । प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिम सहभागी हुने छन् । खेलमा एनएफसी चितवन, विएफसी चितवन, संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, विजय क्लब हेटौंडा, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, प|mेण्ड्स क्लब, सिक्किम ब्वाइज सिक्किम भारत र सुदूरपश्चिम क्लब धनगढी सहभागी हुनेछन् ।

२०३१ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको यो १३ औं संस्करण हो । बीचका केही वर्षहरुमा खेल सञ्चालन हुन नसके पनि गत वर्षदेखि पुनः खेललाई निरन्तरता दिईएको अध्यक्ष पियाले जानकारी दिए ।

सम्पूर्ण खेल सञ्चालन गर्न ५१ लाख ५४ हजार खर्च हुने र ५५ लाख २० हजार आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । खेल उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै