प्रेस चौतारी पुरस्कारबाट गुरुङ सम्मानित

आदर्श समाज सम्वाददाता
माघ २३, २०७४
press chautari

पोखरा, २२ माघ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७४ बाट शान्ति गुरुङलाई सम्मानित भएकी छन्।

प्रेस चौतारीको २० औं स्थापना दिवस अवसरमा पोखरामा सोमबार आयोजित समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, एमाले केन्द्रीय प्रचार उपप्रमुख सूर्य थापा र प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले ११ हजार १११ नगदसहित गुरुङलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरे।

२०५४ सालदेखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आवद्ध गुरुङ हाल समाचार सम्पादक छन्। उनी चौतारीको पूर्व उपाध्यक्ष एवं सामुदायिक रेडियोको छाता संगठन एकोरावको प्रदेश ४ अध्यक्ष समेत हुन्।

महानगर प्रमुख जिसीले मर्यादित र अनुशासित एवं खोजमूलक पत्रकारिताका माध्यमबाट महानगरपालिकाको विकासमा टेवा पुर्‍याउन सञ्चारजगत्लाई आह्वान गरे। स्थानीय सरकार पत्रकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै उनले स्थानीय तहको स्रोतसाधन पहिचानमा सहयोगी भूमिका खेल्न आग्रह गरे।

प्रेस चौतारीका सहइञ्चार्ज समेत रहेका एमाले केन्द्रीय प्रचार उपप्रमुख थापाले पुरस्कारले पत्रकारिताको विकासमा टेवा पुग्ने बताए। चौतारीमा आबद्ध पत्रकार अनुशासित र गतिशील हुनुपर्नेमा जोड दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुलीले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नतर्फ लाग्नुपर्ने बताए।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस क्षेत्रको पत्रकारिताको विकासका लागि महासंघ र नगरपालिकाको सहकार्यमा विभिन्न तालिम आयोजना गरिने बताए।

पुरस्कृत व्यक्तित्व गुरुङले पुरस्कार प्राप्त गर्दा आफूलाई थप जिम्मेवारी बढेको अनुभूति भएको बताइन्। पुरस्कार प्रतिभा छनोट समितिका संयोजक हरि बास्तोलाले पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशीलताका साथै पेशाप्रतिको जिम्मेवारी, अनुभव लगायत आधारमा व्यक्ति छनोट गरिएको जानकारी दिए।  चौतारीका केन्द्रीय सदस्य श्याम कुँवर, कास्की अध्यक्ष माधव बराल, सचिव अर्जुन गिरीले पत्रकारिता पेशा मर्यादित एवं जिम्मेवारपूर्ण बनाउँदै लैजानुपर्नेमा जोड दिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width