काठमाडौं, १७ माघ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी तीव्र पारेको जनाएको छ ।
आयोगले यसअघि राष्ट्रियसभा निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरिसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको पनि उनले बताए । आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राख्ने भएको छ । निर्वाचनको लागि आवश्यक अन्य सामग्री पनि मतदान केन्द्रमा लैजाने तयारी भइरहेको प्रवत्ता ढकालले बताए । माघ १५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रित तयारी थालेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, आयोगले राष्ट्रियसभा निर्वाचन केन्द्रित गरेर माघ १२ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिताको पनि अनुगमन गरिरहेको प्रवक्ता ढकालले बताए ।
आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक-पटक पत्राचार गरिएकोमा हालसम्म पनि उक्त विवरण प्राप्त हुन नआएकाले यस विषयमा मुख्य सचिवलाई आग्रह गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१