अन्तरक्लब पीसीसी कप तयारी तीव्र

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४
pcc

पोखरा, १५ माघ । पोखराको क्रिकेट विकासका लागि स्थानीयस्तरबाटै योगदानको हेतु पुरानो क्लब पोखरा क्रिकेट क्लबले आयोजना गर्ने अन्तरक्लब पीसीसी क्रिकेट कप २०७४ तयारी तीव्रता दिइएको छ । क्लबको यो उत्साहलाई दि युनाइटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन बनेर साथ दिएको छ ।

प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे ।

२३ वर्षअघि स्थापित उक्त क्लबले माघ २७ देखि २७ सम्म स्थानीयस्तरको टी-२० अन्तरक्लब प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा कास्कीका आठ टीम सहभागी हुने प्रतियोगिता संयोजकसमेत क्लब उपाध्यक्ष उत्सव शाक्यले जानकारी दिए ।

उनका अनुसार विजेताले ४० हजार र उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुनामेन्टलाई ७ हजार ५ सय रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिनेछ भने वेस्ट बलर, वेस्ट ब्याट्सम्यानले जनही ५ हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।

क्लबले उपाध्यक्ष शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक समिति गठन पनि गरी व्यवस्थापन कार्यलाई अघि बढाएको जनाएको छ । मंगलबारदेखि सार्वजनिक यातायातमा ब्यानर प्रचार गरिने योजना छ । मेडिकल पार्टनरमा हिमालय पोलिक्लिनिक, पोखरा क्रिकेट क्लब २०५१ सालमा स्थापना भएको हो । बीचको दशक निस्क्रिय क्लब अहिले युवा नेतृत्वले २३ वर्षे इतिहासको विरासत जोगाउन यसरी जुर्मुराएको हो । २०६० मा धरानमा सम्पन्न राष्ट्रियस्तरको दर्शन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । प्रकाश गुरुङको नेतृत्वमा शक्ति गौचन, वसन्त रेग्मी, अमित श्रेष्ठ सहित पोखराका दीपेश खत्री, गोविन्द प्रधान, प्रदीप रावत, देवेन्सन प्रजु लगायतका खेलाडी सहभागी थिए । क्लबले जनकपुरमा आयोजित टी-२० प्रतियोगितामा समेत सहभागिता जनाएको थियो । लायन्स क्लबले आयोजना गरेको प्रतियोगितामा पनि क्लब सहभागी थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै