संगीत तथा नृत्य व्यवसायी संघ स्थापना

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४
GURUKUL

पोखरा, ११ माघ ।पोखरामा संगीत तथा नृत्य व्यवसायी संघ स्थापना गरिएको छ ।  पोखरामा खुलेका विभिन्न प्रशिक्षण केन्द्रका संचालक तथा प्रशिक्षकले व्यावसायिक हकहितका लागि भन्दै उक्त संघ स्थापना गरेका हुन् ।

त्रिवेणी संगीतालयका नवराज बरालको अध्यक्षतामा गठित उक्त संघमा ११ सदस्यीय कार्यसमिति छ ।

कार्यसमिति उपाध्यक्षमा स्र्टार्स स्टुडियोकी जसु गुरुङ, सचिवमा गुरुकुल संगीत प्रशिक्षण केन्द्रका तीर्थराज पोखरेल, प्राचीन आर्ट एकेडेमीका सहसचिवमा लवसन गुरुङ, कोषाध्यक्षमा जोजिजु म्यूजिक सेन्टरकी हरिमाया श्रेष्ठ जोजिजु ‘सानु चयन भए ।

कार्यसमिति सदस्यमा आशीष पुन, रामभक्त जोजिजु, सहदेव (वीनित) जोजिजु, श्रीमान थुलुङ, गोरे गुरुङ र वीरबल घताने छन् ।

गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा बिहीबार आयोजित भेलाले उक्त संघ स्थापना गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width