नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४
7 aside

पोखरा, २ माघ । प्रभू बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिको लागि घरेलु टिम नेपाल र बंगलादेश फाइनल भिड्ने भएका छन्।

लेकसाइडस्थित बाराहीघाटमा फुटबल खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपालले पाकिस्तानलाई र दोश्रो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल बिहीबार दिउँसो १ हुने प्रतियोगिता संयोजक तथा नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुनले जानकारी दिए ।

विजेताले उपाधिसहित २ लाख र उपविजेताले १ लाख साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन्।

मंगलबारको पहिलो सेमिफाइनलमा नेपालले पाकिस्तानको चुनौतीलाई ४-१ गोलअन्तरले पन्छायो। अर्को खेलमा बंगलादेशले भुटानलाई र्टाईब्रेकरमा ३-२ को कठिन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो।

नेपालको जितमा म्यान अफ दी म्याच घोषित विनोद गुरुङले हृयाटि्रक र सुनिल विकले १ गोल गरेका हुन्। गुरुङले खेलको १५, ४१ र ४३ औ मिनेटमा गोल गरी हृयाटि्रक पूरा गरे। पाकिस्तानको तर्फबाट खेलको १९ औं मिनेटमा रहनिल अरमानले गरेको सान्त्वना गोल गरे।

उता, बंगलादेश र भुटानबीचको खेलमा २५/२५ मिनेटको निर्धारित समयमा दुवैतर्फ गोल हुन नसकेपछि खेल निर्णायकको लागि टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा भुटानका गहिमले प्रहार गरेको बल गोल हुन नसक्दा भुटानले सेमिफाइनलबाटै यात्रा टुंगाउनु पर्‍यो। टाइब्रेकरमा बंगलादेशका उज्ज्वल, सजित र तुइनले गोल गरे भने भुटानका राकेश र ताम्पाओले गोल गरे। खेलमा भुटानका गोलरक्षक प्रवेश म्यान अफ दी म्याच बने।

Related News

सम्बन्धित समाचार

hero news full width