स्थापना दिवसमा नेपाल निर्माण व्यवसायी संघको खुला रक्तदान

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७४
nirman bawasahi

पोखरा, २९ पुस। नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३१ औँ स्थापना दिवसको अवसरमा शनिवार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार शिवशंकर गौचनले पहिलो रक्तदाता संघका सदस्य तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ का महिला वडासदस्य किरण गौतमलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरे।

गौचनले पछिल्लो समय देशभर छड तथा सिमेन्टमा चरम मूल्यवृद्धि भएकोले निर्माण कार्यमा कठिनाई भएकाले मूल्यवृद्धि फिर्ता नलिइए आन्दोलनमासमेत जाने चेतावनी दिए।

संघका अध्यक्ष वासुदेव गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनबहादुर क्षेत्री तथा क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष ओमप्रसाद गौचनले भनाइ राखे।

वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद लम्सालले गरेका थिए। संघले हरेक वर्ष स्थापना दिवस रक्तदानलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेर मनाउँदै आएको संघका कार्यालय प्रमुख डम्वरराज ढकालले बताए।

रक्तसंचार केन्द्र पोखराले कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width