हिन्दू धर्म र यसका सम्प्रदायहरू

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७२

नेपालको मात्र होइन, संसारकै सबैभन्दा पुरानो र संयमी धर्म नै हिन्दू धर्म हो। तत्कालीन भारत वर्ष तथा हालको नेपालको उत्तरी सीमामा रहेको हिमालयको काखमा तपोभूमि बनाएर बसेका हजारौं ऋषिमहषिर्को हजारौं वर्षको ध्यान तपस्या र साधनाबाट स्थापित भएको आर्य धर्म सनातन धर्म हुँदै हिन्दू धर्म भएको हो। यो हिन्दू धर्मको स्रोतग्रन्थ वेदलाई मानिएको छ। जैन, बुद्ध र शिख धर्मचाहिँ यही हिन्दू धर्मबाट विकसित भएका सम्प्रदाय -धार्मिक मत) धर्म हुन्। वेदमा अश्वमेघ यज्ञ -घोडाको बलिदिने कार्य)को व्यवस्था भएकाले हिन्दू धर्मबाट विकसित भएका जैन र बुद्ध धर्मले वेदलाई स्वीकार गर्दैनन्। यसै कुराले यी जैन र बुद्ध धर्मलाई हिन्दू धर्मको विकसित रूप भनिएको हो। यसरी हिन्दू धर्मबाट विकसित भएको बुद्ध धर्मलाई तत्कालीन भारत वर्षका मौर्यवंशी सम्राट अशोकले बुद्ध धर्मको यति धेरै प्रचार गरे कि त्यस हिन्दू धर्मबाट विकसित भएको बुद्ध धर्मले मूल हिन्दू धर्मलाई नै ओझेलमा पारेको समयमा शड्ढराचार्यको उदय भयो। उनले नै हिन्दू धर्मबाट अद्वैत सम्प्रदायको प्रादुर्भाव गरेर समस्त भारत वर्षमा अद्वैतवादमार्फत् पुनः हिन्दू धर्मको विस्तार गरे।

वेदान्त सूत्र अर्थात् ब्रह्मसूत्र, उपनिषद् र श्रीमद्भगवद्गीतासमेत गरी तीन ग्रन्थको समूहलाई समष्टिमा ‘प्रस्थान त्रयी” भनिन्छ। प्राचीन समयमा जसले यी तीनवटै शास्त्रको विशिष्टतापूर्वक व्याख्या गर्न सक्दथ्यो, उसैलाई आचार्य भनिन्थ्यो। त्यस्ता आचार्यलाई नया“ पन्थ सिर्जना गर्ने अधिकार हुन्थ्यो। उदाहरणका लागि हिन्दू धर्मबाट विकसित भएर आएका सम्प्रदायका रूपमा अत्यन्त प्रभावशाली शड्ढराचार्यको अद्वैतवाद सम्प्रदाय, रामानुजाचार्यको विशिष्टाद्वैत सम्प्रदाय, निम्बार्काचार्यको द्वैताद्वैत/ब्रह्म/गौडिया सम्प्रदाय र बल्लभाचार्यको बल्लभ सम्प्रदाय यसरी नै जन्मिएका हुन्। यिनीहरूमध्ये शड्ढराचार्यलाई निराकारवादी भनिन्छ भने रामानुजाचार्य, निम्बार्काचार्य, मध्वाचार्य र बल्लभाचार्यसमेतले विष्णुको साकार स्वरूपलाई स्वीकार गरेकाले यिनीहरूलाई वैष्णव भनिन्छ। यी सम्प्रदायका अनुयायी यस प्रकार छन् :

अद्वैतवादका प्रणेता शड्ढराचार्यका अनुयायीमा डा. रामानन्द गिरी, विशिष्टाद्वैतवादी रामानुजाचार्यका अनुयायीमा डा. प्रपन्नाचार्य, द्वैताद्वैतवादी निम्बार्काचार्यका अनुयायीमा खेमराज केशवशरण, शुद्धाद्वैतवादी मध्वाचार्यका अनुयायीमा स्कोन नेपालका प्रतिनिधिहरू पर्दछन्। यी सबैले वेदको प्रमाणिकतालाई स्वीकार गरेका छन्। नास्तिक परम्पराका दार्शनिकहरूमा चार्बाक, जैन र बुद्ध प्रमुख हुन् भने आस्तिक दर्शनमा साङ्ख्य योग, न्याय मीमांसा, वैशेषिक र वेदान्त हुन्। अर्थात् वेदको प्रमाणिकतालाई स्वीकार गर्नेहरू आस्तिक दार्शनिक हुन् भने वेदको प्रमाणिकतालाई स्वीकार नगर्नेहरू नास्तिक हुन गए। नास्तिक परम्परावादी बुद्ध धर्म हिन्दू धर्मको एउटा सम्प्रदाय हो र यस बुद्ध सम्प्रदायमा बज्रयान र हीनयान गरी दुर्इ शाखा छन्। यी दुर्इ शाखाअन्तर्गत पनि शून्यवाद, विज्ञानवाद, स्वतन्त्र विज्ञानवाद र योगाचारवाद गरी चार नीति छन्।

निम्बार्काचार्यको द्वैताद्वैतवादी सम्प्रदायसँग मतभेद भइ भारतको गुजरातका प्राणनाथले प्रणामी सम्प्रदाय, मध्वाचार्यको द्वैतवादी चिन्तनसँग मतभेद भई पश्चिम वंगालका चैतन्य महाप्रभुले गौडिया सम्प्रदाय, माहात्मा कवीरको कवीर पन्थ, योगी गोरखनाथको गोरखपन्थ, विष्णु स्वामीको स्वामी सम्प्रदाय, आचार्य रामानन्दको रामानन्द सम्प्रदाय, बल्लभाचार्यको बल्लभपन्थ, स्वामी दयानन्द सरस्वतीको आर्यसमाज, स्वामी विवेकानन्दको रामकृष्ण मिसन, योगी अरविन्दको दिव्य योग साधना मण्डल, रजनिशको रजनिश पन्थ, साइबाबाको साइबाबा पन्थ, माउन्ट आबुको ब्रह्मकुमार/ब्रह्मकुमारी पन्थ, ब·ाली विद्वान प्रभुपादको इस्कोन तथा मानवधर्म एवं हंसयोग समेतका अनेकौं सम्प्रदाय तथा पन्थ विकास भएका छन्। यी सबै सम्प्रदाय तथा पन्थको स्थापनाकाल चार सय वर्षदेखि एक सय ५० वर्षसम्म रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width