१. हाम्रो देशमा बराबर बस दुर्घटना हुन्छ। कहिले त दिनहुँजसो दुर्घटना हुन्छ। त्यसै क्रममा सायद केही दिन पहिले काकी जिल्लाको सराङकोटमा पनि एउटा बस दुर्घटना भयो। त्यो दुर्घटनामा परी छ जनाको त्यहीँ दिन निधन भयो। गम्भीर घाइते भएकाहरू ८ जनाको हेलिकोप्टरबाट काठमाडौं लगि उपचार गरिएको छ भने अन्य घाइतेको पोखराका विभिन्न अस्पतालमा औषधोपचार भइरहेको छ।
२. बस दुर्घटना धेरै कारणबाट हुन्छ। त्यो कुरा धेरैले धेरैपटक बाहिर ल्याएका छन्। त्यसै भएर हो कि जहाज दुर्घटना जस्तो गरी प्रत्येक बस दुर्घटनामा जाँचबुझ समिति गठन गरिँदैन। तर सराङकोटमा भएको बस दुर्घटनाका सम्बन्धमा समिति गठन गरिएको छ। त्यो समितिले के रिपोर्ट दिन्छ, त्यो प्रतीक्षाको विषय हो।
३. तर दुर्घटनाको एउटा मुख्य कारण बसको सिट क्षमताभन्दा बढी यात्रु कोचेर ल्याउनु हो। जुन कुरा घाइतेहरूको सङ्ख्या र घाइतेहरूले दिएको अभिव्यक्तिबाट प्रष्ट भएको छ। बसमा अत्यधिक यात्रु रहेको कुरा ड्राइभर, यात्रु र अन्य कसैले त्यो बस देखेको भए सबैले थाहा पाउने कुरा हो।
४. एक त डाँडाकाँडाको यात्रा, त्यसमा पनि बाटो साँघुरो छ। अलिकति तलमाथि भए बस दुर्घटना हुन सक्छ र दुर्घटना भएर बस गुल्टेर तल खस्न सक्छ। यो कुरा कुनै पनि डाँडाकाँडाको यात्रामा हुन सक्ने कुरा हो। सराङकोटमा पनि त्यही भयो। सराङकोटमा भएको यो पहिलो दुर्घटना होइन, यसअघि पनि ज्यानै जाने दुर्घटना भएका थिए।
५. ती दुर्घटनाबाट कसले के शिक्षा लियो र त्यहाँ के सुधार भयो भनी कसलाई सोध्ने – ती घटनासँग सम्बन्धित र जम्मेवार व्यक्तिहरू धेरै छन्। ती सबै राम्रो कामको जस आफू लिन चाहन्छन् तर नराम्रो कामको दोष कसैले स्वीकार्न तैयार हुँदैनन्। यस्तो प्रवृत्ति हामीकहाँ धेरै फैलिदै गएको छ।
६. त्यो जे भए पनि अहिलेको दुर्घटना सम्बन्धमा पनि जाँचबुझ हुने भएको छ। यसलाई सकारात्मक कुराको रूपमा लिनुपर्दछ। यस प्रयासलाई अब हुने सुधारको पहिलो पाइला सम्झनुपर्दछ। त्यो समितिले दिने सुझावलाई सम्बन्धित सबै पक्षले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्दछ।
७. हामीकहाँ दुर्घटना भएपछिका दुर्इ-चार दिन सम्बन्धित सबै पक्ष चनाखो भएका देखिन्छन्। ट्राफिक नियमलगायतको कुरा कडाइपूर्वक लागू गराइन्छ। तर जब दिनहरू बित्दै जान्छन् तब नियम कानुनी विधि विधान सबै शिथिल र फितलो भएर जान्छन्। फेरि उही पुराना कारण दोहोरिन्छन् र फेरि दुर्घटना हुन्छ। धनजनको क्षति हुन्छ। यस्तो कुरा दोहोरिन दिनुभएन। यत्ति भन्दै हामी सराङकोट घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अपण गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१