१. संघीय राष्ट्र भारतमा त्यहाँको सत्तारूढ पार्टीभारतीय काङ्ग्रेस पार्टीले दक्षिण भारतमा नयाँ राज्य तेलङ्गानाको निर्माण प्रक्रिया सुरू गरेको छ। सत्तारूढ पार्टीले नयाँ राज्य निर्माणमा प्रक्रिया सुरू गर्ना साथ तेलङ्गानाका माग गर्नेहरू खुशी भएका छन्। तिनीहरूले लामो संर्घर्षका प्रतिफलस्वरूप छुट्टै राज्य पाएका छन्।
२. तर सत्तारूढ पार्टीले त्यो निर्णय गर्ना साथ छुट्टै राज्यको माग गर्दै आएका अन्य आन्दोलनकारीहरूले पनि यही बेला हो आफ्नो माग स्वीकार गराउने भन्दै आन्दोलन चर्काएका छन्। त्यसरी आन्दोलन चर्काउनेमा गोर्खाल्याण्डको माग गर्नेहरू अग्रपंक्तिमा देखिएका छन्। उनीहरूले धेरै पहिलेदेखि छुट्टै राज्यको माग गर्दै आएका छन्।
३. तर उनीहरूलाई कहिले गोर्खा स्वशासित क्षेत्र भनेर चित्त बुझाउने प्रयास गरिएको छ भने कहिले के भनेर उनीहरूको आन्दोलन निष्क्रिय पार्ने प्रयास गरिएको छ। पश्चिम बंगाल राज्य आफ्नो भूभाग विभाजन गर्न चाहिँदैन। जसको कारण गोर्खाल्याण्ड बन्न सकेको छैन। अब भने उनीहरू गोर्खाल्याण्ड बनाएरै छोड्ने मनस्थितिमा पुगेका छन्।
४. दार्जिलिङमा अनिश्चितकालीन हड्ताल जारी छ। त्यहाँ भएका पर्यटन र विद्यार्थीहरूलाई पनि होस्टेल र होटल छाड्न आग्रह गरिएको छ। गोर्खाल्याण्डका गोर्खा रिजनल अथोरिटीका सिइओ विभक्त गुरूङले गोर्खाल्याण्डका लागि दबाब दिन आफ्नो पदबाट राजीनामा दिएका छन्। त्यहाँ पश्चिम बंगाल सरकारलाई असहयोग गर्ने हावा चलेको छ।
५. आन्ध्र प्रदेशबाट तेलङ्गाना पृथक भएझैं पश्चिम बंगालबाट गोर्खाल्याण्ड छुट्टनिु पनि अवश्यभावी भएको आन्दोलनकारी नेताहरू बताउँछन्। कोही राजनीतिक विश्लेषकहरू संघीय राज्य भन्दै भारतलाई कति संघमा विभाजित गर्ने हो भनी आत्तिएका देखिएका छन् भने कोही संघीय पक्षधरहरू स्मल इज ब्युटी फूल भन्दै भारतमा ५० वटा राज्य हुनपर्ने तर्क अघि सार्दैछन्।
६. कमसेकम १० राज्यमा पृथकतावादीहरू सानो ठूलो आन्दोलन गरिरहेका छन्। उत्तर प्रदेशलाई कमसेकम चार/पाँच राज्यमा विभाजन गर्नुपर्दछ भन्नेहरू निस्केका छन्। त्यहाँ आन्दोलन चर्केको त छैन। तर ठूला नेताहरू राज्यको विधान सभामा नै त्यस्तो विधेयक ल्याउनु पर्दछ भन्ने धार छन्।
७. नेपालमा संघीयताको सिद्धान्त स्वीकारिएको छ। तर कति राज्य बनाउने र कस्तो राज्य बनाउने भन्ने निक्यौर्ल भएको छ। भारतमा संघीय राज्यहरू विभाजित हुँदै गएकाले त्यसको असर र प्रभाव नेपालमा पनि परेको छ। तर के कस्तो प्रभाव परेको छ, त्यसको लेखाजोखा भने भएको छैन। नेपालले त्यहाँको घटनाको समूचित मूल्याड्ढन गर्नु आवश्यक छ। त्यहाँबाट केही न केही शिक्षा सिक्नु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१