१. काठमाडौंमा नागरिक समाजमा अग्रजहरूको शनिबार भएको एक भेलाले नागरिक सभा घोषणा गरेको छ। राष्ट्रिय स्वार्थ र सार्वजनिक हितका लागि सरकार, राजनीतिक दल र नीति निर्माण तहमा दबाब दिन र सकारात्मक हस्तक्षेपका लागि संस्कृतिविद् रमेश ढुङ्गेलको नेतृत्वमा नागरिक सभा घोषणा गरिएको छ।
२. मुलुकमा अहिले राजनीतिक, सामाजिक तथा शान्ति सुरक्षाको अवस्था नाजुक छ। नागरिकको आत्मसम्मान दिनप्रतिदिन गिर्दै गएको छ। राजनीतिक अन्यौलताका कारण मुलुक अवरुद्ध छ। सामाजिक सद्भाव खलबलिएको छ। मुखले सबैले राम्रो कुरा ओकल्छन् तर त्यसरी ओकलिएका राम्रा कुराको परिणामा खराब हुने गरेको छ।
३. मुलुकको यस्तो अवस्थामा नागरिक सभा गठन गरिनु निश्चय नै सकारात्मक कुरा हुन सक्दछ। यसले जे जस्तो उद्देश्य राखेको छ, त्यो उद्देश्य पूरा गर्न सक्यो भने त्यसले सकारात्मक सन्देश दिन सक्दछ। सभामा डा. सुरेन्द्र केसी, डा सुरेशराज शर्मा, केशव चौलागाई, आनन्दराम पौडेल, आनन्द सन्तोषी राई, श्रीहरि अर्याल, सुगतरत्न कंसाकार, राधेश्याम लेकालीलगायत छन्।
४. नागरिक सभामा रहेकाहरू निश्चय नै जनजीवनका विभिन्न क्षेत्रमा लामो समय अनुभव हासिल गरेका अनुवभी पात्रहरू छन्। उनीहरूले राजधानीमा मात्र होइन, क्षेत्रीय र स्थानीयस्तरमा कार्यक्रम गर्ने पनि जनाएका छन्। राजधानीमा मात्र केन्द्रित नहुने उनीहरूको कार्यक्रमले केही आशा जगाएको छ।
५. जनप्रतिनिधिको अभाव भएको बेलामा कहिले काहीँ जनताका प्रतिनिधिका रूपमा कोही न कोहीले बोलिदिनु पर्दछ। मानिसहरू नियम र कानुनले मिचिएका छन्। व्यवहारिकता हराउँदै गएको छ। जनताको आवाज दबिएको छ। स्वेच्छाचारिता बढ्को छ। राजनीतिक पार्टीरूको भूमिका गौण हुँदै गएको छ।
६. यस्तो बेलामा नागरिक सभा देखा पर्नु निश्चय नै आशाको किरण हो। चाहेमा यस्तो सभाले थिचिएका मिचिएका सर्वसाधारणको उद्धार गर्न सक्छ। यसले राष्ट्र र राष्ट्रियताको सवालमा सरकारलाई सुझाव दिन सक्छ र बाटो बिराएको बेला खबरदारी गर्न सक्छ।
७. तर यस्तो स्वेच्छिक संस्था कति समय रहला, त्यो नै प्रष्ट छैन। यसअघि पनि केही संस्था गठन गरिएको थियो। तर त्यसको विघटन कहिले गरियो कसैले थाहा पाएनन्। भावावेशमा गठन गरिएको संस्थाहरू त्यस्तै हुन्छन्। यो संस्था त्यस्तो नहोस्। यो सभा कमसेकम जनप्रतिनिधिहरू निर्वाचित भएर नआएसम्म कायम रहनुपर्दछ र जनताको आवाज बुलन्द गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१