पोखरा । डाँका चोरी तथा लागु औषधमा १३ वटा मुद्दा चलिरहेका एक आरोपित पोखराबाट बिहीबार अटोमेटिक पेस्तालसहित पक्राउ परेका छन् ।
पोखरा– १८, सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।
लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकको साथबाट प्रहरीले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउन्ड गोलीसमेत बरामद गरेको छ । साथै बागमती प्रदेश ०३३प१६३३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । राजु नेकेट नामले परिचित उनीविरुद्ध यसअघि १३ वटा मुद्दा चलेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध ९ चैत २०६२ मा सार्वजनिक अपराधको मुद्दा चलेको थियो । २६ चैत २०६५ मा पनि कास्की प्रहरीबाटै सार्वजनिक अपराधको मुद्दा चलेको थियो । त्यस्तै १९ साउन २०६६ मा लागुऔषध, २६ चैत २०६६ मा सार्वजनिक अपराध, २ असार २०६७ मा चोरी, ६ असार २०६७ मा चोरीको मुद्दा चलेको पाइएको छ ।
६ भदौ २०६७ मा सार्वजनिक अपराध, ११ माघ २०७१ मा लागु औषध, ८ माघ २०७१ मा चोरी, १६ कात्तिक २०७७ मा अभद्र व्यवहार, २८ फागुन २०७७ मा अभद्र व्यवहार, ११ मंसिर २०७९ मा लागु औषध र २२ कात्तिक २०८० मा चोरी तथा डाँका कसुरको मुद्दा चलेको पाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१