पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०८१
pasu

पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम गर्ने प्राविधिक एवं व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को कार्यालयले पोखरामा गरेको कार्यक्रममा १ सय ५० भन्दा बढीको सहभागिता थियो ।

परिषदका अनुसार पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन पारित भएपछि पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम गर्ने प्राविधिक एवं व्यवसायी कानुनतः काम गर्न सुरक्षित भएका छन् । परिषद् ऐन पारित भएपछि सो क्षेत्रमा काम गर्ने प्राविधिकले कानुनी रूपमा मान्यता पाएका छन् । यसअगाडि सो क्षेत्रमा काम गर्दै आए पनि कुनै पशुधनको हानी नोक्सानी भएमा क्षतिपूर्तिसहित सजायको भागीदार हुने व्यवस्था रहेको थियो । सरकारले नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ हालै पारित गरेपछि पशुपन्छी क्षेत्रका प्राविधिकको नियामक निकाय गठनको बाटो खुलेको हो ।

अब यस क्षेत्रमा काम गर्ने सबै प्राविधिक यसै परिषद्को मातहतमा रही काम गर्न पाउने भएका छन् । यसअगाडि भेटेरिनरी चिकित्सकलाई मात्र पशुपन्छीको स्वाथ्योपचारका लागि मान्यता दिइएको थियो । तर किसानको घर गोठमा पुगेर सेवा दिने पशु प्राविधिकको संख्या भने धेरै थियो । आफ्नो पेसा सुरक्षाका लागि परिषद्््को माग राख्दै आएको कुरा पूरा हुने दिशामा गएको परिषद् सदस्य सुरेशकुमार श्रेष्ठले बताए ।

झन्डै ८० हजार जनाले नेपालको पशु स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको श्रेष्ठको दाबी छ । पारित सो परिषद्मा ग्रामीण पशु स्वास्थ्य कार्यकर्तादेखि यस क्षेत्रमा पिएचडी गरेका फिसरी, डेरीलगायत सरकारी एवं गैर सरकारी क्षेत्रमा काम गर्ने प्राविधिकले सदस्यता लिई काम गर्न पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width