पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार भण्डारी, द्वितीय उपाध्यक्ष सम्झना अधिकारी, सचिव श्रीराम तिमिल्सिना, कोषाध्यक्ष लक्ष्मण तिमिल्सिना, सहसचिव उत्सव भण्डारीलाई चयन गरेको छ ।
सर्भिस चेयरपर्सनमा अर्जुन पौडेल, फेलोसिप चेयरपर्सनमा बृहस्पति लम्साल, मेम्बरसिप चेयरपर्सन विनोद भुजेल, मार्केटिङ चेयरपर्सन सुशील आचार्य र लिडरसिप चेयरपर्सनमा प्रदीप खनाललाई चयन गरेको लायन्स क्लब ३२५ आईका रिजन चेयरपर्सन मणिप्रसाद डुम्रेले जानकारी दिए ।
हिमाल कलेज अफ म्यानेज्मेन्ट क्याम्पस, बगालेटोलको सभाहलमा क्लब अध्यक्ष सञ्जीव घिमिरेको अध्यक्षतामा भएको अधिवेशनमा क्लबका निवर्तमान अध्यक्ष वेदहरि सुवेदीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि विभिन्न सामाजिक संस्थामा कुशल नेतृत्व गरिसकेका छन् । उनी हाल हिमाल कलेज अफ म्यानेज्मेन्ट क्याम्पसका प्रमुख समेत छन् । आफ्नो एकवर्षे कार्यकालमा लायन्सका तीन वटै कार्यक्षेत्र सेवा, भातृत्व एवं नेतृत्वको समानान्तर विकास गरी क्लबको गरिमा उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
थापालाई जिल्ला खेलकुद विकास समितिमा नि. अध्यक्षको जिम्मेवारी
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१