पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
pmc photo

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै प्राविधिक सिप तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पहिलो चरणमा ३ महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको हो ।

सोमबार क्याम्पसमा आयोजित कार्यक्रममा तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । यसैबीच क्याम्पसले उक्त अवसरमा वार्षिक क्यालेन्डर विमोचन समेत गरेको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको पठनपाठनलाई सहज, सरल र बहुउपयोगी बनाउन कम्प्युटर तालिम आवश्यक भएको बताइन् । त्यसैगरी, क्याम्पसका आन्तरिक गुणस्तर सुनिश्चित समिति प्रमुख महेन्द्र रिमालले, सिटिइभिटीका विभिन्न तहसँग बराबरी हुनेगरी क्याम्पसले कम्प्युटर तालिमहरु सञ्चालन गर्ने बताए ।

उक्त अवसरमा क्याम्पस प्राध्यापक संघ अध्यक्ष भीमप्रसाद न्यौपानेले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्याम्पसका मानविकी संकाय प्रमुख पुष्पराज अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width