लेखनाथ । लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा–३० को नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भित्तेपात्रो विमोचन गर्दै लेखनाथ क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको जनसंख्या र बढ्दो सहरीकरणले सो क्षेत्रमा विद्यमान गुणस्तरीय एवं शुद्ध खानेपानीको सेवासुविधा व्यवस्थित एवं सुदृढ गरी थप सेवा दिन आग्रह गर्दै उपलब्ध प्राकृतिक स्रोतसाधनको उच्चतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष मुरारी शर्माले लेखनाथ क्षेत्रमा बाटोको विकास निर्माण सँगै संस्थाले क्षति व्यहोर्नुपरेको कुरामा जोड दिँदै पानीको समथर भूभागमा मात्र पानी उपलब्ध भएकोमा पहाडी क्षेत्रमा पनि पानीको पहुँच पु¥याउन चुनौतीरुपमा रहेको बताए ।
संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सचिव नारायणी भट्टराई (रक्षा) ले सञ्चालन गरिन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
संसदीय पत्रकार मञ्चले गण्डकीले सदस्यता खुलाउने
निवृत्त शिक्षक समुदायको सहयोग
प्रदेश प्रमुख भट्ट पुम्दीकोटमा
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
hero news full width
मुख्य समाचार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१