पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।
फाइनलमा अंकित श्रेष्ठको समूहलाई हराउँदै राजेश खाँडको समूहले उपाधि जितेको हो । विजेता र उपविजेताले क्रमशः २४ हजार र १६ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुमन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ५ टिमले भाग लिएका थिए ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्रतियोगिता उद्घाटन गर्दै यस्ता कार्यक्रमले भाइचारा सम्बन्ध विकासमा सघाउ पुगने बताए । बरालले व्यवसायीका समस्या समाधान गर्न आफू प्रतिद्ध रहेको बताए ।
नेपाली फुटबल महिला राष्ट्रिय टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालमा फुटबल खेलको भविष्य उज्ज्वल रहेको बताउँदै आफूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले गरेको सम्मानप्रति आभार व्यक्त गरे ।
एसोसिएसन मानार्थ सदस्य तथा उच्चस्तरीय समन्वय समितिका संयोजक केशवबहादुर खत्रीले व्यवसायीका हकहितको लागि आफू सदैव लड्ने बताउँदै व्यवसायीले पनि आफ्नो काम कर्तव्य के हो भनी बुझेर काम गर्न सुझाव दिए ।
एसोसिएसन अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव थमन गुरुङ र स्वागत बुद्धिबहादुर कुँवरले गरेका थिए ।
यसैबीच, एसोसिएसनले प्रकाशन गरेको २०८१ सालको क्यालेन्डरसमेत विमोचन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१