पोखरा । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) आयोजनामा पोखरामा बृहत् शैक्षिक बहस कार्यक्रम हुने भएको छ । ‘एडू–३६०’ नाम दिइएको उक्त कार्यक्रम यही ३० चैतमा हुनेछ ।
पोखरामा सोमबार पत्रकार सम्मेलनमा इक्यान कास्की उपाध्यक्ष सन्तोष शाहीले विभिन्न सेसनमा हुने कार्यक्रको वक्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जिपास्ट) का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, प्राडा कपिल अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहने बताए ।
उनले भने, ‘कार्यक्रममा ३ सेसन हुनेछ । पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताको विचार सुन्नेछौं, जसमा मुख्य वक्ता महानायक राजेश हमाल आउनुहुन्छ ।’
कार्यक्रममा विश्वबजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । ग्लोबल एजुकेसन विषयमा शिक्षाविद्, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाबीच घनीभूत छलफल हुनेछ ।
कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाईसमेत निम्तो दिइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।
इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाइ छ । हाल इक्यान कास्कीमा मात्रै ४६ शैक्षिक संस्था आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
थापालाई जिल्ला खेलकुद विकास समितिमा नि. अध्यक्षको जिम्मेवारी
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१