पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का लागि क्लबको प्रथम उपाध्यक्षमा माधव अधिकारी, द्वित्तीय उपाध्यक्षमा राजु कार्की, तृतीय उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, सचिवमा केदारनाथ त्रिपाठी, कोषाध्यक्ष शिवराज अधिकारी, सहसचिव शिवराम दाहाल र सह–कोषाध्यक्षमा रञ्जनराज सुवेदी निर्वाचित भए ।
क्लबका संस्थापक अध्यक्ष एवं निर्वाचन संयोजक रहमोहन सुवेदीका अनुसार क्लब एडमिनिट्रेटरमा सुशील पौडेल, मेम्बरसिप चियरपर्सन विश्वमोहन सुवेदी, एलसिआइएफ को–अर्डिनेटर मदन केसी, सर्भिस चेयरपर्सनमा देवेन्द्र केसी, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा राजु कहर निर्वाचित भए ।
यस्तै, डाइरेक्टरमा स्वास्थ्यमा हरिप्रसाद दाहाल, खेलकुदमा दीपक सापकोटा र शिक्षामा अर्जुन सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक सुवेदीले जनाए । निर्वाचन समितिमा सुवेदीसहित क्लब सदस्य जीवनप्रसाद श्रेष्ठ र माधव भण्डारी थिए ।
निर्वाचन समापन पश्चातको कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विनोद ढुंगानाले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए । सो अवसरमा क्लबका ४ जना नयाँ सदस्य हरिप्रसाद दाहाल, दीपक सापकोटा, सुवाश शर्मा, बिनोद केसीलाई इलेक्ट डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त लायन्स पिन र लायन्स सदस्य प्रमाणपत्र प्रदान गरेका थिए ।
क्लबका अध्यक्ष मदन केसीको अध्यक्षता सचिव होमबहादुर अधिकारीको सञ्चालनमा भएको कार्यक्रमा डिस्ट्रिक्ट को–अर्डिनेटर हरिराज पन्त, पवित्रराज तिवारी, टंकराज अधिकारी लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
लायन्स अन्नपूर्णमा गणेश छवि
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१