पोखरा । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन निर्धारित समयभन्दा ३ दिन बढी लम्बियो । २ दिनमा सक्ने गरी गत शनिबार सुरु भएको अधिवेशन नेतृत्व चयनमा रस्साकसीका कारण लम्बिन पुगेको हो ।
मंगलबार रातिदेखि सुरु भएको मतदानमा अध्यक्षमा ३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बैनबहादुर अधिकारी क्षत्री, माधव बास्तोला र विवेक त्रिपाठीले उम्मेदवारी दिएका हुन् । बैनबहादुर पार्टीका केन्द्रीय सदस्य खगराज अधिकारीनिटकका हुन् भने बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुव्वा गुरुङनिकट मानिन्छन् । उनीहरु प्यानलसहित चुनावमा भिड्दा विवेकले पार्टीभित्र गुट–उपगुट तोड्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन् ।
उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्य, सचिवमा दर्शन लामा र सुरेन्द्र गुरुङ, उपसचिवमा गीतादेवी विश्वकर्मा र लालबहादुर परियार, उपसचिव (महिला) मा राधिका शाही योगी, संगीता सुवेदी र सन्तुदेवी सुवेदी प्रतिस्पर्धामा छन् । अधिवेशनबाट १ सय २१ सदस्यीय नयाँ कार्यसमिति चुनिने छन् ।
राति करिब साढे ७ बजेदेखि इलेक्ट्रिक भोटिङ आधारमा मतदान सुरु भएको हो । बुधबार बिहान ३ बजेसम्म मतदान समयसीमा तोकिएको निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले बताए । ९ सय २६ जना मतदाता छन् । तिवारीका अनुसार मतदानका लागि १६ मेसिन प्रयोग गरिएको छ । मतदान गर्दा मतदाताले कम्तीमा १३ देखि बढीमा ३५ मिनेटसम्म लगाएका छन् ।
रातिको समयमा मतदान भएकोले सुरक्षा चुनौती छ । शान्तिपूर्ण रुपमा मतदान भए बुधबार बिहान ७ बजेसम्म अन्तिम परिणाम सार्वजनिक गरिसक्ने निर्वाचन समितिको तयारी छ।
मनोनयन दिएकामध्ये ७ जना निर्विरोध भइसकेका छन् । अपांगता क्लष्टरतर्फ गंगाबहादुर खड्का, बुद्धिजीवी क्लस्टरमा दुर्गा भण्डारी र विजय शर्मा सर्वसम्मत निर्वाचित भए । मादी गाउँपालिकाबाट महिलामा मादी गाउँपालिका
उपाध्यक्षसमेत रहेकी कल्पना गुरुङ र विष्णुमाया पौडेल निर्विरोध भए । रुपा गाउँपालिकाबाट कशिरन मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ महिलाबाट जिल्ला सदस्य चुनिए ।
शनिबार पोखरा प्रदर्शनी केन्द्रमा एमाले महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१