पोखरा । रङले कसैको अनुहार खाली थिए । कपडा उस्तै रंगीबिरंगी बनेको थियो । कोही पञ्चेबाजामा कम्मर मर्काउँदै त कोही डिजेमा । पोखराको लेकसाइड क्षेत्रमा आइतबार दिनभर यो दृष्य देखियो । आन्तरिक तथा बाह्य पर्यटक फागुको रङले रंगिए । लेकसाइड क्षेत्रमा नेपालीलाई भन्दा विदेशी पर्यटकलाई फागुको रौनकले छोएको थियो ।
जर्मनीबाट आएकी लुका निकै हर्षित मुद्रामा थिइन् । उनको अनुहारभर रङ दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाकै साथी सोफीको कपडा रङले पोतिएको थियो । नेपालको रङहरूको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । ‘कसैको अनुहार रङविहीन देखेको छैन । यो निकै रमाइलो पल हो,’ उनले भनिन्, ‘यो मेरो नेपालमा पहिलो फागु हो । यस्तो माहोलमा रमाइलो गर्न पाउँदा म निकै खुसी छु ।’
लुकासँगै अन्य २ जना साथीहरू पनि थिए । उनीहरू पनि फागुमा रङहरूसँग रमाइरहेका थिए । नेपालको यो पर्वको बारेमा जर्मनी फर्किएपछि अरु साथीहरूलाई सुनाउने बताइन् । ‘पक्का पनि जर्मनी गएपछि यसको बारेमा अरु साथीहरूलाई भन्नेछु उनीहरू पनि पक्का खुसी हुनेछन्,’ उनले भनिन् । समयले साथ दिएसम्म अर्को वर्षको फागु पनि नछुटाउने उनले बताइन् ।
उनीसँगै धेरै पर्यटकहरू रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा भएको विशेष कार्यक्रममा रमाउँदै थिए । अम्बोटबाट नाचगान गर्दै र रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । पहिलो पटक फागुमा सहभागी भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए ।
पोखरा घुम्न आएका पर्यटकलाई रंगीन पल बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले जुराइदिएको हो । पर्यटक मात्रै होइन, आइतबार पोखरा लेकसाइड पुगेका सबैको अनुहार रंगीन थियो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क फागु मनाउनेहरूले भरिभराउ थियो ।
रेबान पोखराले सुरुमा अम्बोटदेखि खहरेचोकसम्म पञ्चेबाजाको धुनमा पैदलयात्रा गरेको थियो । त्यस्तै ३ स्थानमा कन्सर्टसँगै डिजे सेसन गरिएको रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । ‘हामीले बर्सेनि होलीलाई उत्सवमय बनाउन कार्यक्रम गरिरहेका छौं । यो पटक ¥यालीसहित अन्य कार्यक्रम गरियो,’ उनले भने, ‘हामीले ३ स्थानजमा ३ स्थानमा कन्सर्टसँगै डिजे सेसन राखिएको थियो । भने होलीका लागि रङको पनि व्यवस्था गरेका थियौं ।’
सधैंको जस्तै यो पटकको फागु कार्यक्रम पनि भव्यरुपमा सम्पन्न भएको उनले बताए । ‘अब विस्तारै पर्यटकको सिजन पनि सुरु हँुदै छ । पर्यटक धेरै हुने समयमा भएकाले विदेशी पर्यटकहरूले यसलाई बढो गज्जबले मनाए,’ उनले भने, ‘यसले पोखरा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास छ । अब यसलाई ब्रान्डिङ गर्न सरकारले पनि सोच्नुपर्छ ।’
फागुमा पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पोखरा फागुका लागि पनि उत्कृष्ट गन्तव्य बनको छ । यसले पर्यटन प्रवद्र्धन र विकासमा महŒवपूर्ण योगदान दिएको छ,’ उनले भने, ‘अर्को वर्षमा योभन्दा व्यवस्थित तरिकाले लैजान आवश्यक छ । यसका लागि प्रचारप्रसार गर्न जरुरी छ ।’
पोखरा लेकसाइड मात्र नभएर पोखराको हरेक क्षेत्रमा फागु खेल्नेहरूको उत्साह देख्दा यसले पोखरा पर्यटन राजधानीका रुपमा विकास गर्न सहज हुने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताए । ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि थप प्रचारप्रसारको काम भइरहेको छ । आज पोखराका हरेक क्षेत्रमा फागुको रौनक देखियो यसले पनि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ,’ उनले भने, ‘फागु मनाउन पोखरा जानुपर्छ है भन्ने सन्देश दिनका लागि आगामी वर्षबाट केही योजना बनाउँछौं ।’ फागुलाई थप व्यवस्थित बनाउन पर्यटन क्षेत्रका संघसंस्थाहरूसँग छलफल गरेर आगामी वर्षको योजना तय गरिने उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१