पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार एक कार्यक्रमबीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृति लोकार्पण गरेका हुन् ।
अधिकारीले प्राध्यापक निष्कलंक हुनुपर्नेमा जोड दिँदै साहित्यको शक्ति जीवन्त रहने औंल्याए । उनले विद्यार्थीमा नैतिक आचारण सिकाउन सुझाव दिँदै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए । पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहँदा प्राज्ञिक मूल्य मान्यता हराउँदै गएकोतर्फ उनले सचेत गराए ।
प्रतिष्ठान पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले प्रिया मुक्तक संग्रहलाई हरेक कोणबाट नियाल्न सकिने स्पष्ट पार्दै स्रष्टालाई व्यक्तिबाट माथि उठी व्यक्तित्वका रुपमा चिन्नुपर्ने बताए ।
परिचर्चाकार डा. श्रीधर न्यौपानेले कविताको लधुत्तम एकाइ रुपमा मुक्तकलाई चिनाउँदै समग्रमा प्रणायमूलक विषयवस्तु समेटी संग्रह प्रकाशन गरिएको स्पष्ट पारे । उनले विषय संयोजनका दृष्टिले संग्रह सवल कृति रहेको भन्दै त्यसमा गहन विम्व प्रतिकको संयोजन भएको जनाए ।
कृतिमा अनुभूतिलाई हतारो गर्दा कतिपय शब्दसंयोजन तथा वर्णविन्यासगत त्रुटि फेला परेको भन्दै परिचर्चाकार डा. न्यौपानेले कतिपय मुक्तकहरु विषयान्तर भएको धारणा राखे । सर्जक पौडेलले ‘प्रिया !’ जन्मनुमा सहकर्मीहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अध्ययन गरी सुझाव दिन आमपाठकमा आग्रह गरे ।
प्रतिष्ठानका पूर्व अध्यक्ष डा. भूमिराज बस्ताकोटीले सष्टा परिचय दिँदै सरल, मिलनसार, वचनबद्ध व्यक्तित्वका रुपमा कृतिका लेखक पौडेललाई चिनाए ।
कार्यक्रममा धु्रवराज पौडेल, जय चापागाईं लगायतको समूहले सांगीतिक प्रस्तुति राख्यो । त्यस्तै रीता अधिकारी, श्रीराम अधिकारी, प्रतिष्ठानका कोषाध्यक्ष हरिश्चन्द्र भण्डारी लगायतले रचना वाचन गरे ।
प्रतिष्ठान अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हिममाया पौडेलले स्वागत तथा सचिव डा. भानुभक्त आचार्यले कार्यक्रम सञ्चालन गरे । ९६ पृष्ठको उक्त कृतिमा १ सय ५५ मुक्तक संग्रहित छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१