कृष्णबहादुर टेकबहादुर शैक्षिक प्रतिष्ठानको सभा

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०८०
bhadrakali

पोखरा । कृष्णबहादुर टेकबहादुर शैक्षिक प्रतिष्ठानको साधारण सभा शनिबार सम्पन्न भयो । सो अवसरमा सहस्राब्दी पुरुष कर्णेल जेपी क्रस र युवा वैज्ञानिक मनीषा द्वालाई सम्मान गरियो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सभा उद्घाटन गर्दै जेपी क्रस र द्वालाई सम्मान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले समाजमा यस किसिमको कार्यले श्रृजनशील र क्षमता बोकेका मानिसको मनोबल उच्च रहने विचार राखे ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले प्रतिष्ठानसँग सहकार्य गर्ने र प्रतिष्ठानलाई सक्दो सहयोग गर्दै शैक्षिक तथा समाज विकासका कार्यमा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्मानित व्यक्तित्वतर्फबाट जेपि क्रसले आफ्ना बेलायती सेनामा रहँदाका र नेपाल बसाइँ अनुभव सुनाए ।

प्रतिष्ठान सभापति प्राध्यापक तारा बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रा. रामगोपाल ढेवाजूले स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका व्यक्तित्वद्वय स्व. कृष्णबहादुर ढेवाजू र टेकबहादुर ढेवाजूको जीवनयात्राबारे प्रकार पारे । प्रतिष्ठाना सचिव उपेन्द्र सुवेदीले प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा पूर्व संरक्षक सदस्य तथा पूर्व सचिव राजेन्द्र भण्डारीले पनि बोलेका थिए ।

प्रतिष्ठान संरक्षक सदस्य तथा भद्रकाली मावि व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्कीले धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…
  • जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    गोरखा । सहिद लखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width