पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबार पनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायत कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ ।
शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरू स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायत जिल्लाबाट सामान खरिद गर्न आउने थोक तथा खुद्रा सामानहरू खरिद गर्न आउने ग्राहकहरू मरमा परेकाले उनीहरूलाई सहज बनाउन पनि शनिबार व्यवसाय खुला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापा (राजन) ले जानकारी दिए । व्यवसाय खुला गर्ने निर्णय गरिए पनि बाध्यकारी नभएको उनको भनाइ छ । हाम्रो आग्रह खोल्नुस् भन्ने हो,’ उनले भने, ‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिनँ भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्नुहुन्छ ।’
यसैबीच, समितिले नया वर्ष २०८० को अवसरमा क्यालेन्डर प्रकाशन गर्ने भएको छ । समितिले व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले समितिको वार्षिक कार्यतालिकासमेत समेटेर क्यालेन्डर प्रकाशन गर्न लागेको समितिका वरिष्ठ उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक छविलाल गौतमले जानकारी दिए । क्यालेन्डर बजारमा आएपछि सो क्यालेन्डर लिएर समिति छिमेकी जिल्लाहरूमा पुगेर बजार प्रवद्र्धन गर्ने उनले बताए । ‘क्यालेन्डर बजार प्रवद्र्धन गर्नका लागि कोशेढुंगा सावित हुनेछ,’ उनले भने,‘ आक्रामक मार्केटिङमार्फत् सर्वेश्वर मार्गलाई हामी व्यापारको हब र ब्रान्ड बनाउनेछौं ।’
समितिले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गर्ने भएको छ । चैतको अन्तिम साता वा वैशाखको पहिलो साता पारेर शुभकामना आदानप्रदान र क्यालेन्डर विमोचन एकसाथ गर्ने तयारी गरिएको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
समितिले नयाँ वर्षको अवसरमा बालबालिका तथा प्रौढहरूका लागि स्पोर्ट्स मिटसमेत गर्ने तयारी गरेको छ । सर्वेश्वर व्यवसायी समितिमा आबद्ध व्यवसायी तथा तिनका छोराछोरीहरूलाई आपसमा घुलमिल गराउँदै भातृत्व भावनाको विकास गराउने उद्देश्यले स्पोटर््स मिट गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । उनकाअनुसार स्पोर्ट्स मिटमा छात्र÷छात्राका लागि छुट्टाछुट्टै रिले दौड, १ सय मिटर दौड, प्रौढ तथा बालबालिका दुवैका लागि फुटसल, ब्याडमिन्टनलगायत खेल खेलाइनेछ ।
सर्वेश्वर मार्गका होलसेल व्यवसायीले चीन, थाइल्यान्ड र भारतबाट सिधै सामान ल्याएर बेच्ने गरेका छन् भने स्वदेशी सामान उत्पादन हुने फ्याक्ट्रीमै पुगेर खरिद गर्ने गरेका छन् । जसका कारण गुणस्तरीय सामान सस्तोमा पाइने सर्वेश्वर मार्गका व्यवसायी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१