सम्बन्ध जोड्दै गहन सिकाइ यात्रा, ज्ञान बगैँचाका विद्यार्थी दीक्षित

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
432507770_710883464542293_7566116137578202626_n

पोखरा । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थि ज्ञान बगैँचा इङ्लिस बोर्डिङ स्कुलमा आयोजित इमोस्नल एजुकेशन प्रोगाम (भावनात्मक शिक्षा कार्यक्रम) को गहन सिकाइ यात्रामा सहभागी विद्यार्थी दीक्षित भएका छन् ।

द स्कुल अफ नन भायोलेन्स नेपाल आयोजनामा १२ सातासम्म चलेको कार्यक्रममा कक्षा ७ देखि ९ का ४५ विद्यार्थी दीक्षित आइतबार भएका हुन् । कार्यक्रममा क्रोधरहित संसारका प्रमुख कार्यकारी अधिकृत डा. अनुप श्रेष्ठाचार्य, विद्यालय प्रिन्सिपल सुरेश पौडेल, द स्कुल अफ नन भायोलेन्सका संस्थापक एवं सहजकर्ता राजन उपाध्यायले उनीहरुलाई दीक्षित गरेका हुन् ।

विद्यार्थीलाई स्वजागरण, स्वसम्बन्ध, स्वनियमन, उत्प्रेरणा, नैतिक मूल्यमान्यता, सकरात्मक सोच, प्रशंसनीय खोज, भावनात्मक साक्षरता, अहिंसात्मक सञ्चार, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य र स्वहेरचाह, रिस रुपान्तरण लगायतका विषयमा केन्द्रित रही विद्यालय कार्यक्रम संयोजक सगुन थापाले सहजीकरण गरेकी थिइन् । यसअघि द स्कुल अफ नन भायोलेन्स नेपालले विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको थियो ।

द स्कुल अफ नन भायोलेन्स नेपालका संस्थापक एवं अहिसांत्मक सञ्चार नेपालका प्रशिक्षक श्रीराम तिमिल्सिनाले देशभरका ४५ मध्ये ज्ञान बगैँचा तनहुँको प्रतिनिधित्व गर्दै पहिलो विद्यालय भएको बताए । विज्ञान र प्रविधिका कारण साँघुरिँदै गएको विश्वमा मानिसहरुबीच भावनात्मक सम्बन्धको खडेरी परिररहेका बेला यस्ता कार्यक्रम विद्यार्थीमार्फत समुदायमा पु¥याउनुपर्नेमा जोड दिए ।

प्रिन्सिपल सुरेश पौडेल र भाइस प्रिन्सिपल विनोद पौडेलले कोभिड अघिदेखि नै विद्यालयमा सञ्चालित अहिंसात्मक सञ्चार कार्यक्रमले शिक्षक र विद्यार्थीबीच सुमुधुर सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए ।

अहिसांत्मक सञ्चार नेपालका अर्का संस्थापक राजन उपाध्यायले यस्ता कार्यक्रम हरेक विद्यालयमा सानै उमेरका विद्यार्थीलाई पुर्‍याउन सके भविष्यमा हुने सक्ने मानसिक विचलन र द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

शिक्षिका एवं कार्यक्रम संयोजक सगुन थापाले सिकाइ यात्रा अति नै उपायोगी रहेको बताउँदै उपयोग गर्न आग्रह गरिन् ।

छात्र सक्षम गुरुङ र छात्रा प्रेरणा केसीले सञ्चालन गरेको कार्यक्रममा अदित ज्वारचन र शरिना भट्टराईले सिकाइ अनुभव सुनाएका थिए । सुगारिका श्रेष्ठ र आयुष्मा बरालले ‘शान्ति’ शीर्षकमा कविता वाचन गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width