म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका दुई सय ३२ खेलाडी सहभागी छन् ।
एउटा समूहमा सात खेलाडी रहने छन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको आज प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्नुभयो ।
समितिले प्रत्येक तीन–तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । प्रतियोगिता सञ्चालन गर्न समितिले तीन वर्षअघि रु ५१ लाखको अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताका विजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु एक लाख पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश रु ५० हजार, रु २५ हजार र रु १० हजार पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिनुभयो । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य विकल शेरचन र विमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिनुभयो । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाएर थन्क्याएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करिब डेढ सय मिटर वारिपारि राखिएका दुईवटा फल्याकमा तीर हान्ने गरिन्छ ।
जुन समूहले धेरैपटक फल्याकमा तीर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तीर कोपेपछि गोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपूर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित घाँसा बजार परिक्रमा गरिएको थियो । रासस
–––
Related News
सम्बन्धित समाचार
सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम
अपांगता भएकालाई व्यावसायिक तालिम
बनेका धारा भत्किन थाले तर पानी आएन
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१