उत्प्रेरणा तालिमसँग सिलाई मेसिन हस्तान्तरण

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
mahila sangh

पोखरा । नेपाल महिला संघको पोखरा महानगर समितिले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर विपन्न महिलाका लागि सहयोग तथा महिला सशक्तीकरणको लागि उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । समितिले कम आयस्रोत भएका र सिप भएका महिलालाई सिलाइ मेसिन समेत हस्तान्तरण गरेको छ ।

संघले पोखरा–११ की सुनिता परियार, ७ की छलिमाया परियार, ८ की ज्ञानुदेवी राना श्रेष्ठ, १३ की सरीता परियार र १६ की अम्बिका परियारलाई सिलाई मेसिन उपलब्ध गराएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल लगायतले उनीहरुलाई मेसिन हस्तान्तरण गरेको महिला संघ नगर सभापति अम्बिका ढुंगानाले बताइन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनीत शारदा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय उपाध्यक्ष ललिमाया शर्मा रेग्मी, गृह श्रमिक संघको अध्यक्ष चेतमाया पौडेल गीता, अधिवक्ता प्रीति पाण्डे र रेडियोकर्मी दुर्गा अधिकारीलाई सम्मान गरिएको छ ।

सोही कार्यक्रमका बीच अधिवक्ता माधवी पाण्डे र रेडियोकर्मी दुर्गा अधिकारीले महिला उत्प्रेरणा र आत्मनिर्भरता बारेमा प्रस्तुति दिएका थिए । नेपाल महिला संघ पोखरा महानगर समिति सभापति अम्बिका ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा संघको कास्की जिल्ला सभापति मिना पाण्डे, कांग्रेसका जिल्ला सभापति किशोर बराल, महानगर समितिका सचिव कल्पना थापा र प्रीति पाण्डे एवं कोषाध्यक्ष सिर्जना श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।

महिलालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउन सके समाज यसै पनि समुन्नत हुने ठानेर आफूले कार्यभार सम्हालेदेखि नै यस्तै रचनात्मक कार्यक्रम गर्दै आएको सभापति ढुंगानाको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width