रेखाको बहुप्रतिष्ठित चलचित्र ‘उपहार’ भित्र आशा

आदर्श समाज सम्वाददाता
फागुन २५, २०८०
upahar film

काठमाडौं । अभिनय कलाले सबै दर्शकलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टार चलचित्र ‘उपहार’मा आफनो स्थान पक्का गरेकी छन् ।

चर्चित अभिनेत्री रेखा थाले निर्माण गरेको चलचित्र उपहारमा समावेश हुन पाउन्ु नेपाली अभिनेत्रीका लागि गौरवको विषय हो । यो चलचित्र शुक्रबारदेखि सार्वजनिक प्रदर्शन सुरु भएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा आफूले फरकखालको अभिनय गर्न पाएकोमा आशा मख्ख छिन् । चलचित्रमा फरक खालको चरित्रमा अभिनय गर्न पाउनु उनको सौभाग्य पनि हो ।

चलचित्रमा रेखा थापा, मुकुन्द भुषाल, वेनिशा हमाल, पूजा शर्मा, सुष्मा कार्की लगायतका थुप्रै चर्चित कलाकारको अभिनय रहेको छ । कलाकारितालाई अझै बिस्तार गर्दै अघि बढ्दै आइरहेकी अभिनेत्री भुषालको मेहनत र अथक साधनाले चलचित्र कर्मीहरुबीच उनको परिचय फराकिलो बनेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयुक्त ब्यार्नरमा निर्माण भएको चलचित्र उपहारको कार्यकारी निर्माता बलराम शाही ठकुरी र निर्माता सुलभ प्रतिक र समिक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पितको छायाकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

आशा भुषालले चलचित्रका अगुवा थुप्रै टेलिचलचित्र, म्युचिक भिडियो, लघुचलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । मध्यम वर्गीय परिवारबाट चलचित्र क्षेत्रमा प्रवेश गरी आफूलाई स्थापित गर्नु चानचुने विषय होइन् । दरिलो आत्मविश्वास र अधिक साधना उनको बलियो हतियार हो । उनी संकल्प गरिसकेपछि जस्तो सुकै हालतमा काम फत्ते गर्ने खुबी भएकी अभिनेत्री समेत हुन् । कुशल अभिनयका कारण थु्रपै्र चलचित्रहरुबाट उनले अर्वाड समेत प्राप्त गरिसकेकी छिन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width